74Shares

पोखरा । डा.  योगी विकासानन्दले आफु खुशी नभईकन अरुलाई खुशी राख्न नसकिने बताएका छन् । विकासानन्द फाउन्डेसन विश्व परिवार कास्कीद्वारा शनिबार पोखरा लेकसाईडस्थित बरपिपल रिर्सोटमा आयोजित गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै खुशीको स्रोत हामी आफैभित्र हुन्छ, त्यो कर्मबाट प्राप्त हुने बताउदै ज्ञान योग, ध्यान, तथा साधनाबाट सन्तुष्टी लिई खुशी हुन सकिने बताए ।
विगत ४५ वर्षदेखि आत्मजागरण सम्बन्धी ज्ञान बाँड्दै आएका डा. योगीले स्वस्थ र तनावमुक्त जीवन बिताउन योग ध्यान र साधनाको मार्ग पछ्याउनुपर्छ भन्दै शारीरिक, मानसिकसँगै सामाजिक स्वास्थ्यका लागि पनि योग जरुरी रहेको कुरामा जोड दिएका थिए । उनले शरीर, आत्म र मस्तिष्क शुद्धीका लागि पनि हरेकले योग साधनालाई अपनाउनु पर्ने बताएका थिए ।


भेलाका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सभामुख किष्ण प्रसाद धितालले आध्यात्मिक चिन्तनका माध्यमबाट वैयक्तिक र सामाजिक रुपान्तरण सम्भव रहेको धारणा राखका थिए ।
विकासानन्द फाउन्डेसन विश्व परिवारका गुरुआमा कमलेश्वरी आनन्दको अध्यक्षतामा सम्पन्न भेलामा कास्कीका अध्यक्ष धना पुन, सचिव कमला पौडेल, कार्यक्रम संयोजक प्रकाश पन्तले मानिसमा सकारात्मक सोच, चिन्तनको अभिवृद्धि गराई जीवनशैली परिवर्तन ल्याई मानसिक तथा मनोवैज्ञानिक समस्याबाट मुक्त हुन योग साधनाको ठूलो महत्व रहेको धारणा ब्यक्त गरेका थिए ।
गण्डकी प्रदेश समितिको अध्यक्षमा कमलेश्वरी आनन्द

भेलाले माता कमलेश्वरी आनन्दको अध्यक्षतामा १५ सदस्यीय गण्डकी प्रदेश समिति गठन गरेको छ । समितिको सदस्यहरुमा क्रमशः लाल प्रसाद श्रेष्ठ (गोर्खा), यममाया पराजुली (तनहुँ), योगिनी सरिता सिंह (पर्वत), दुर्गा गौतम शर्मा (म्याग्दी), सरिता खड्का(बाग्लुङ), सुनिल पौडेल(नवलपूर), गोपाल प्रसाद अधिकारी(स्याङजा) रहेका छन् ।
त्यसैगरी कास्कीबाट प्रकाश पन्त, आलोक पौडेल, बिष्णु अधिकारी, दिलीप (दोशी), यज्ञ नेपाली, मोतीराम पौडेल, मनोज कुमार अधिकारी रहेका कास्कीका सचिव कमला पौडेल बताईन् ।

74Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected