41Shares

पोखरा — नेपाली काँग्रेस कास्कीले पार्टीको विशेष महाधिवेशन बोलाउन माग गरेको छ। आइतबार वसेको जिल्ला कार्यसमितिको बैठकले पछिल्लो राजनीतिक अवस्था समीक्षा गर्दै क्रियाशील सदस्यता नवीकरण गरी मंसीरभित्र विशेष महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो।

प्रवक्ता नविन सिग्देलका अनुसार त्यसो नभए १४औं महाधिवेशनका प्रतिनिधिहरूमार्फत विशेष महाधिवेशन माग गर्ने निर्णय गरिएको छ। बैठकले पार्टी सभापति शेरबहादुर देउवा र नेतृ आरजु देउवा राणामाथिको आक्रमणसहित देशभर भएको तोडफोड र आगजनी घटनाको निन्दा गरेको छ।

जिल्ला कार्यालय चिप्लेढुंगामा रहेको विपि कोइरालाको शालिक, हरिचोकस्थित शहिद हरिप्रसाद गुरुङको शालिकसहित अन्य स्मारक तोडफोडप्रति बैठकले भत्सर्ना गर्दै पुनर्निर्माण तथा पुनःस्थापना गर्न आह्वान गरेको छ।

क्षति मूल्यांकन र पुनर्निर्माणको जिम्मा जिल्ला कार्यसमिति सदस्य इ. सागर मोहन भट्टराईलाई दिइएको छ। बैठकमा जिल्ला, क्षेत्र, प्रदेशसभा, पालिका र वडा तहका सभापतिहरूको सहभागिता रहेको थियो

41Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected