
पोखरा । लायन्स अन्तर्राष्ट्रीय डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालले मिशन १.५ अन्तर्गतको सदस्यता लक्ष्य अभियानमा उल्लेखनीय सफलता हासिल गरेको छ।डिष्ट्रिक्टले यस अभियानमा १०० प्रतिशत लक्ष्य पुरा गर्दै ऐतिहासिक उपलब्धि हात पारेको हो।
डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, गभर्नर टिम, लायन्स नेताहरू तथा सम्पूर्ण सदस्यहरूको निरन्तर सक्रियता र समर्पणले यो सफलता सम्भव भएको जिल्ला ३२५ ‘आई’ नेपालले जनाएको छ। लायन्स अन्तर्राष्ट्रीयले मिशन १.५ अन्तर्गत नयाँ सदस्य थप र संगठन सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाइएको थियो।
सफलताको अवसरमा डिष्ट्रिक्ट गभर्नर पाण्डेले सबै लायन सदस्यप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ ठूलो लक्ष्य प्राप्तिका लागि प्रेरणादायी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले लायन्स आन्दोलनलाई समाजसेवा, एकता र नेतृत्व विकासको माध्यमका रूपमा थप प्रभावकारी बनाउन निरन्तर प्रयास गर्ने उल्लेख गरिन् ।
यस उपलब्धिलाई लायन्स परिवारका सदस्यहरूले ऐतिहासिक र गौरवपूर्ण सफलता भन्दै सामाजिक संजालमा खुशी व्यक्त गरेका छन्। उनीहरूले नयाँ उपलब्धिले जिल्ला ३२५ ‘आई’ को प्रतिष्ठा र गतिविधि अझ सशक्त हुने विश्वास व्यक्त गरेका छन्।
लायन्स अन्तर्राष्ट्रीयको दीर्घकालीन रणनीतिक अभियान अन्तर्गतको मिशन १.५ सदस्यता विस्तार र संगठन सुदृढीकरणमा केन्द्रीत छ। यो अभियान अन्तर्गत डिष्ट्रिक्ट आई नेपालले देखाएको सफलता नेपालमै उदाहरणीय उपलब्धि मानिएको छ।








सम्बन्धित खवर
















