
पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले पोखरामा हुने दोस्रो क्याबिनेट मिटिङको तयारीलाई तीब्र पारेको छ । । लायन्स क्लब अफ पोखरा अञ्जुली मिटिङको होस्ट क्लब रहेको यस मिटिङ शुक्रवार र शनिबार, अर्थात् कार्तिक १४ र १५ गते एसआरकेसी वेन्कुईट फुलवारप् पोखरामा सम्पन्न हुने भएको छ ।
दुईदिने कार्यक्रममा पहिलो दिन अर्थात् शुक्रबार क्याबिनेट अफिसरको बैठक मात्र हुने छ भने दोस्रो दिन शनिबार सम्पूर्ण लायन्स सदस्य सहभागी हुने दोस्रो क्याबिनेट मिटिङ मूल आयोजक समितिका संयोजक एवं आयोजक क्लब पोखरा अञ्जुलीका पूर्व अध्यक्ष अमृत शोभा खत्रीले जानकारी गराईन् ।
मिटिङको तयारीका लागि गठित बिभिन्न उपसमितिले आफ्नो जिम्मेवारी अनुरुपका कायृलाई तीब्रता दिएका छन् । पोखरास्थित लायन्स लिडरहरूले अलग बैठक बसेर तयारी पूरा गरेका छन् । होस्ट क्लब पोखरा अञ्जुलीका अध्यक्ष निर्मला थापाका अनुसार कार्यक्रम तयारी पूर्ण भइसकेको बताउदै कार्यक्रमको प्रि–रजिष्ट्रेसन प्रक्रिया पनि तीब् रुपमा अघि बढेको छ ।
ेडिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर पार्वती खरेल पाण्डेका अनुसार हामी सेवा गर्छौं भन्ने मूल उद्देश्यका साथ लायन्स क्लबले जहाँ आवश्यकता त्यहाँ पुग्ने उद्देश्य राखेको छ । नेपालमा विपद व्यवस्थापन, कोभिड–१९ महामारी नियन्त्रण, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा क्लबले निरन्तर योगदान गर्दै आइरहेको छ ।
लायन्स क्लबले सामाजिक सेवा र समुदाय विकासमा आफ्नो योगदानलाई निरन्तरता दिनुका साथै महिला र युवा नेतृत्व विकास, स्वास्थ्य सचेतना, आपतकालीन राहत वितरण जस्ता कार्यक्रमहरूमा सक्रिय भूमिका खेलेको पाण्डेको दावी छ । यस पटकको क्याबिनेट मिटिङले पनि आगामी योजनाहरू, सेवा कार्यक्रम, र राष्ट्रिय स्तरका परियोजनाहरूको समीक्षा तथा रणनीति निर्माणमा केन्द्रित हुने गर्भनर पाण्डेले बताईन् ।
पोखरा अञ्जुलीले यस बैठकको व्यवस्थापनमा विशेष ध्यान दिएको छ । बैठकमा सहभागिहरूका लागि कीट ब्यागदेखि आवास, यातायात, कार्यक्रम व्यवस्थापन लगायत सबै प्रकारको तयारी पूरा गरेको छ । यस प्रकारको बैठकले पोखरामा लायन्स क्लबको उपस्थितिलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।









