4Shares

पोखरा। पर्यटकीय शहर पोखरामा केन्द्रीय कार्यालय रहेको टाईम्स एजुकेशनल कन्सल्ट्यान्सीले अव लुम्बिनी प्रदेशको बुटवलबाट पनि सेवा दिने भएको छ ।
अष्ट्रेलिया, वेलायत, अमेरिका, फ्रान्सलगायत देशका प्रख्यात विश्वविद्यालयहरुमा अध्ययनका लागि नेपाली विद्यार्थीलाई सहजीकरण गरिरहेको टाईम्सले यसअघि काठमाडौंबाटसमेत सेवा सञ्चालन गरिसकेको छ । दोस्रो शाखाको रुपमा बुटवलको ट्राफिक चोकबाट छिट्टै सेवा सञ्चालन गरिने सञ्चालक प्रेम सुवेदीले बताए ।

बुटवल तथा यस आसपासमा रहेका अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीको सहजीकरणका लागि शाखा बिस्तार गरिएको सुवेदीको भनाई छ । शाखामा अन्यत्र जस्तै विदेश अध्ययनका लागि आवस्यक पर्ने आइएलटीस, पीटीई तथा फ्रेन्च भाषाका कक्षाहरु पनि संचालन हुने छन् । बुटवल शाखा उद्घाटन अवसरमा पहिलो हप्तामा भर्ना हुने विद्यार्थीलाई आइएलटीस, पीटिई तथा फ्रेन्च भाषाका सवै कक्षाहरु निशुल्क हुने सुवेदीले जनाए ।

बुटवल शाखाका व्यवस्थापक विशाल वरालका अनुसार विभिन्न देशहरुमा अध्यनका लागि जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श र सहजीकरण गरिनेछ । विद्यार्थीको चाहना र आवश्यकता अनुसार परामर्श प्रदान गरिने तथा बुटवल तथा आसपासका विद्यार्थीको सहजताका लागि कन्सल्ट्यान्सी सञ्चालन गर्न लागिएको उनको भनाई छ । विदेश अध्ययन गरेर आर्जन गरेको ज्ञान, सीप र शिक्षालाई देश विकासमा लगाउनका लागि विद्यार्थीलाई अध्ययन पश्चात नेपाल फर्कन अभियान पनि संंचालन गरिरहेको सञ्चालक सुवेदीले बताए । बुटवलमा आगामी हप्तादेखि सेवा सुरु हुनेछ ।

व्यवस्थापक वरालका अनुसार अधिकांश नेपाली विद्यार्थी लहैलहै र धेरै कुरा नबुझी विदेश जाँदा दुःख पाउने गरेकोले त्यो अवस्था नहोस् भन्ने उद्देश्य टाईम्सले राखेको छ । सबै प्रक्रिया बुझ्नु पर्ने र त्यसका लागि अभिभावकले पनि पूर्ण जानकारी लिन आवश्यक रहेको उनको भनाई छ ।

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected