12Shares

पोखरा । पोखरा–१६, बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयले आधारभूत तह (कक्षा १–३) का विद्यार्थीबीच हाजिरी–जवाफ प्रतियोगिता सम्पन्न गरेको छ।

प्रतियोगितामा हरियो सदन ‘क’ प्रथम, निलो सदन ‘क’ द्वितीय र रातो सदन ‘ख’ तृतीय भएको क्विज मास्टर तथा विद्यालयकी शिक्षिका सपना रेग्मीले जानकारी दिइन्।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापा, अतिरिक्त क्रियाकलाप इन्चार्ज कृष्णप्रसाद पौडेल, प्राथमिक तह इन्चार्ज गोविन्द शर्मा पौडेललगायतले उत्कृष्ट विद्यार्थीलाई बधाई दिँदै अतिरिक्त क्रियाकलापमा नियमित सहभागिताका लागि प्रेरणा प्रदान गरेका थिए।

कार्यक्रमको अध्यक्षता कक्षा २ ‘क’ की विद्यार्थी प्रिन्सा सुर्खेतिले गरेकी थिइन्। सञ्चालन शिक्षक विष्णुमाया गौतमले गरेकी थिइन्।

12Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected