38Shares

पोखरा।  नेपाल दलित संघ कास्कीका सभापति तथा सामाजिक–धार्मिक–राजनीतिक क्षेत्रका व्यक्तित्व दुर्गा बहादुर सुनारकी धर्मपत्नी कृष्ण कुमारी सुनारको उपचारका क्रममा निधन भएको छ।

पारिवारिक स्रोतका अनुसार लामो समयदेखि अस्वस्थ रहनु भएकी सुनारको मिति पुस २३ गते राती उपचारकै क्रममा निधन भएको हो। स्वर्गीय सुनार कृष्ण सुनार र ध्रुव सुनारकी आमा हुनुहुन्थ्यो।

कृष्ण कुमारी सुनार समाजसेवा, पारिवारिक मूल्य र संस्कारप्रति समर्पित व्यक्तित्वका रूपमा परिचित रहनु भएको थियो। उहाँको निधनप्रति विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।

38Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected