कांग्रेस इतर समूहले प्रस्ताव गर्यो महाधिवेशनको मिति, मंसिर २१–२३ मा काठमाडौंमा गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिरमा गर्ने गरी साङ्गठनिक कार्यतालिका प्रस्ताव गरेको छ। समूहले मंसिर २१, २२ र २३ गते काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव गरेको हो।
बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को दोस्रो बैठकमा महाधिवेशनको मिति तय गर्ने प्रस्तावसहित वडा तहदेखि केन्द्रसम्मका अधिवेशनको कार्यतालिका प्रस्तुत गरिएको हो।

प्रस्तावित कार्यतालिकाअनुसार वडा अधिवेशन असोज १५ गते हुनेछ भने पालिका अधिवेशन असोज २० गते गर्ने प्रस्ताव गरिएको छ।
त्यस्तै, प्रदेश सभा निर्वाचन क्षेत्र तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र अधिवेशन असोज २३ गते, जिल्ला अधिवेशन कात्तिक १५ गते र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने प्रस्ताव छ।
अन्तिम चरणमा मंसिर २१, २२ र २३ गते काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका प्रस्ताव गरिएको हो।
प्रस्तावित कार्यतालिका
- वडा अधिवेशन — असोज १५ गते
- पालिका अधिवेशन — असोज २० गते
- प्रदेश सभा/प्रतिनिधि सभा निर्वाचन क्षेत्र अधिवेशन — असोज २३ गते
- जिल्ला अधिवेशन — कात्तिक १५ गते
- प्रदेश अधिवेशन — मंसिर ४ गते
- केन्द्रीय महाधिवेशन — मंसिर २१, २२ र २३ गते, काठमाडौं
यद्यपि, यो संस्थापन इतर समूहले प्रस्ताव गरेको कार्यतालिका हो। महाधिवेशनको औपचारिक निर्णय र कार्यतालिका पार्टीको सम्बन्धित निकायबाट टुंगो लाग्न बाँकी छ।








