0Shares

काठमाडौं । होली पर्व नेपालमात्र नभई विश्वका विभिन्न देशमा भिन्न भिन्न प्रकारले मनाउने गरिन्छ । उत्साहको पर्वका रूपमा मनाउने होलीको विश्वभर नै महिमा रहेको पाइन्छ । विशेषतः एशियामा यसको प्रभाव बढी छ । हिन्दू, ईश्लाम र बौद्ध धर्मावलम्बीले यो पर्वलाई विशेषताका साथ मनाउने गरेको पाइन्छ । खाडी मुलुकमा होलीको रौनक भिन्नै हुन्छ । विशेष पर्वकारूमा मीष्ठान्न खुवाई एक आपसमा शुभकामना आदान प्रदान गर्दै होली पर्व मनाउने गरिन्छ ।

यसैगरी होरी, होली, फागु, फगुवा, वसन्त उत्सव आदिले पुकारिने रङ्गिन पर्व नेपाल र भारतलगायत अन्य मुलुकमा पनि यस्तै विभिन्न प्रकारले मनाउने गरिन्छ । रूसमा रङ्गको पर्वका रूपमा हास्यपर्व मनाइन्छ भने बेल्जियममा हाँसो ठट्टाको रूपमा एक आपसमा उपहार आदान प्रदान गरेर यो पर्व मनाइन्छ ।

यसैगरी हङ्गेरीमा युवकले आफ्ना विशेष प्रेमी युवतीलाई रङपानी खन्याएर मनाउछन् भने इजिप्ट, जापान, सुमात्रा आदि देशमा नाचगान र नयाँ अन्नको स्वागत सत्कार गरी होली मनाइन्छ । युनानमा भने आगो बाली नाचगान गरेर फागुपर्व मनाइन्छ । होलीको अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिने गरेको छ । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म ८ दिन होली पर्व मनाउने गरिन्छ । भगवान विष्णुका भक्त प्रल्हादलाई मार्न प्रयास गर्ने होलिकाको मृत्यु भएको खुशीयालीमा अबिर लगाएर होली खेल्ने चलन सुरु भएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।

होलीको अबसरमा विभिन्न राजनीतीक दल तथा संघसंस्थाहरुले शुभकामना आदनप्रदान गरिरहेका छन् । होली नजिकिदै जादा घरबाट बाहिर काममा गएकाहरु घर फर्किन थालेका छन् । बदलिँदो परिस्थिति अनुसार होली खेल्ने तौरतरिकामा फेरबदल हुँदै आएको छ। होलीमा जथाभावी रंग दल्ने, लोला हान्ने काम हुन थालेपछि स्थानीय प्रशासनले पनि कडा निगरानी राख्दै आएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected