0Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा राम्रो काम गर्नेलाई खुट्टा तान्ने प्रवृत्ति हाबी भएको बताउनु भएको छ ।

बालुवाटारमा प्रधानमन्त्रीले राम्रो काम गर्ने मानिसलाई खुट्टा तान्ने प्रवृत्ति भएपनि त्यसबाट विचलित नभइ आफ्नो लक्ष्यमा अडिग रहनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यक्तिको दृष्टिकोणमा जानुभन्दा पनि आफ्नो गल्ती कमजोरीलाइ सुधार गर्नुपर्ने जिकिर गर्नुभयो । काम नगर्ने टिप्पणी गर्ने प्रवृतिलाइ वेवास्ता गर्दै अघि बढ्नुपर्ने उहाँको भनाई थियो । प्रधानमन्त्री ओलीले आफ्ना फराकिलो उद्देश्यलाई पुरा गर्न अडिक भएर अघि बढ्नुपर्ने पनि बताउनुभयो ।

साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको बिमोचन गर्दै नेपाली साहित्यमा ठूलो योगदान गरेकामा प्रधानमन्त्री ओलीले प्रशंसा गर्दै देशलाई गर्नसक्ने योगदान लेखेर पनि पुरा गर्न सकिने धारणा राख्नुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected