२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

अरुणोदय युवा क्लबको शुभकामना सहित सांस्कृतिक साँझ

पोखरा । अरुणोदय युवा क्लब घारीपाटन पोखराले शनिवार दशैं तिहार छठको शुभकामना सहित सांस्कृतिक साँझ सम्पन्न गरेको छ । क्लबका अध्यक्ष नरेन कुमार तमुको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम कास्की क्षेत्र नम्बर २ प्रदेश क का प्रदेश सभा उम्मेदवार विश्वप्रकाश लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

प्रमुख अतिथी लामिछानेले नेपाली कला, संस्कृति एवं चाड पर्व मनाएर क्लबले नेपाली कला संस्कृतिको संरक्षण तथा प्रवर्धनमा प्रशंसनीय कार्य गरेकोमा क्लब परिवारलाई बधाई सहित धन्यवाद दिएका थिए ।

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार समेत रहेका लामिछानेले राजनीतिक आन्दोलनले देशमा ठुला परिवर्तन भएको तर जनताको आर्थिक अवस्था र सुशासनमा परिवर्तन नआएकाले प्राप्त उपलब्धिको औचित्यसिद्ध गर्न पाँच दल चुनावमा गठबन्धन गरेर अघि बढ़ेको बताए ।

विशिष्ट अतिथि पोखरा–७ का वडाध्यक्ष राममोहन आचार्यले क्लबले टोल समाजमा विकृति र विसंगतिको अन्त्य गर्दै नेपाली कला, संस्कृति एवं चाड पर्वको संरक्षण तथा प्रवर्धन गर्न प्रत्येक बर्ष शुभकामना एवं सांस्कृतिक कार्यक्रम गर्दै आएकोमा निरन्तरताका लागि शुभकामना दिएका थिए । समाज परिवर्तनमा क्लबले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै वडा कार्यालय क्लबसँग रचनात्मक काममा हातेमालो गर्दै अघि बढ़न चाहेको समेत वडाध्यक्षको भनाई रहेको थियो ।

सो अवसरमा स्थानीय कलाकारले बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी स्थानीय दर्शकलाई मन्त्रमुग्ध पारेका थिए ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष बिक्रम गुरूङ, निवर्तमान अध्यक्ष सुरेश गुरूङ, क्लबका उपाध्यक्ष पूर्ण गुरूङ, सचिव बिष्णु सुवेदी लगाएतले सहभागी र सहयोगी मन सबैप्रति आभार व्यक्त गर्दै दशैं तिहार, छठ पर्वको शुभकामना दिएका थिए ।

Read more

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…