२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026
खबर

दुतराजका प्रस्तुतिमा मन्त्रमुग्ध दर्शक

पोखरा । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत सोमवार प्रकाश दुतराजका प्रस्तुतिहरुमा दर्शक मन्त्रमुग्ध भए ।
उनले त्यहाँ दर्जन गीत गाए जसमा दर्शकहरुले पनि तालमा ताल छोपे र कम्मर हल्लाइहल्लाई नाँचे । दुतराजले गीत गाउन थालेसँगै स्टेज वरीवरी हवार्र दर्शक भरिए ।बढी मात्रामा युवा पिढीका दर्शकले उनलाई साथ दिए ।दर्शकको अत्याधिक साथ पाएका दुतराजले घरीघरी माइक आफूले गाउन छाडेर दर्शकतिरै सोझयाए ।
सम्झनीलाई होला के दिनी हेर मुटु धड्किनी तिम्रै नाम लिएर, देउरालीमा धजा रिमै मन उत्तै नजा, जाम भो माइली, सानु दाई, मन भुल्छ लगायतका गीत महोत्सवमा उनले प्रस्तुत गरे।सयौं दर्शकले हातको इसाराले उनलाई दर्शक दीर्घ मै बोलाए ।केही दर्शक स्टेजमै पुगेर दुतराजसँगै नाँचे पनि ।
यता आयोजक विष्णुपादुका क्लवले पनि केही दिन अघिदेखि नै दुतराजको आगमनलाई प्राथमिकता दिई प्रचारप्रसार गरिरहेको नै थियो ।जसअनुसार नै सोमवार करिव ७ हजार दर्शकले महोत्सव अवलोकन गरे ।कतिपय दर्शकले दुतराजका प्रस्तुतिलाई ‘वान्स् मोर्’ समेत भने ।
महोत्सवमा सोमवार कलाकारहरु पुरुषोत्तम न्यौपाने, माया गुरुङ, कृष्ण अखेली, प्रिन्स लम्साल, वसन्ती थापा, पूर्णकला विसी, कोरश व्याण्ड, दैविक व्याण्ड लगायतका प्रस्तुतिहरु रहे।सोमवार दिनभर जसो महोत्सव गीतसंगीतमय बन्यो ।त्यस्तै मंगलवार महोत्सवमा कलाकार श्याम राना, केशव देवकोटा, सुरेशरमण अधिकारी, सरिता सारु, सुभद्रा श्रेष्ठ, कृष्ण गुरुङ लगायत लक्ष्य व्याण्डका प्रस्तुति रहने आयोजक विष्णुपादुका क्लवले जनाएको छ ।
आइतवारसम्म ५५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा २ हजार ९ सय ८ घरपरिवारले आलु खरिद गरी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।उनले हालसम्म २९ लाख बढीको आलु कारोवार भएको पनि बताए।
महोत्सवमा आलु लगायत अन्य सामग्री समेत गरी आइतवारसम्म करिव ३ करोडको कारोवार भएको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठको भनाई छ ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली तथा भजन गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहेका छन्।
बुधवार एक कार्यक्रमका बीच महोत्सव सकिने छ ।

Read more

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…