२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

रोटरी इण्टरनेशनलद्वारा बरिष्ठ पत्रकार टंक पन्त सम्मानित

काठमाडौ । सामाजिक क्षेत्रमा क्रियाशील रोटरी इण्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले पत्रकारिता क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्ने पत्रकाहरुलाई सम्मान गर्दै आगामी दिनमा पनि सामाजिक न्याय, शान्ति समृद्धिका लागि उत्प्रेरित गरेको छ ।
स्वास्थ्य , शिक्षा सामाजिक, वातावण, शान्ति द्धन्द्ध, लैगिक समानता र मानब अधिकार जस्ता बिषयमा अन्तरराष्ट्रिय स्तरमै नेतृत्वदायी भुमिका निर्वाह गरेको रोटरी इण्टरनेशनल ३२९२ ले द्धन्द्ध न्यूनीकरण , शान्ति र समृद्धिका लागि तीन दशक अगाडि देखि कलम चलाएको भन्दै नेपाली पत्रकारहरुको अन्तराराष्ट्रिय संजाल इन्जा एशियाका अध्यक्ष बरिष्ठ पत्रकार टंक पन्तलाई सम्मान गरेको छ ।
५१ हजार राशी सहित डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले एक समारोहकाबीच बरिष्ठ पत्रकार पन्तलाई सम्मान गरेको हो । त्यसैगरी भैरव रिसाल, तिलक तिवारी, बिद्या राई, स्वस्तिक श्रेष्ठ, रामु सापकोटा, बसन्त प्रताप सिंह, अमर सुनार रोटरी इण्टरनृशनल अवार्डवाट सम्मानित हुनुभएको छ ।
पुरस्कार ग्रहण गर्दै बरिष्ठ पत्रकार टंक पन्तले आफूसंगै कलेज पढ्नेहरु लोकसेवा पढ्दै गर्दा आफू समाजका चुनौति र समाजका अनुकरणीय पक्षलाई उजागर गर्ने उद्धेश्यले पत्रकारिता प्रारंभ गरेको र पत्रकारिता मार्फत आफूले उदाहरणीय पक्ष औल्याएको बताए ।

रोटरी इण्टरनेशनल डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजुले शान्ति समृद्धि, समाजसेवा र बिभिन्न क्षेत्रमा रोटरीले पुर्‍याएको योगदान अबिश्मरणीय मात्र होइन आफैले समय, बुद्धि र लगानी समेत गरेर सेवाभाव गर्ने गरेको जानकारी गराउदै राज्यको चौथो अंगको रुपमा पत्रकारीता क्षेत्रसंग एक साथ जानुपर्छ भन्ने उद्धेश्यले रोटरी इण्टरनेशनलले अवार्ड कमिटी नै बनाएर धेरै मध्येवाट उत्कृष्ठ काम गर्ने पत्रकारहरुलाई सम्मान एवं पुरस्कृत गर्ने गरेको जानकारी गराए ।

रोटरी इण्टरनेशनल डिष्ट्रिक अवार्ड कमिटीका संयोजक नम्रता शर्माले रोटरी आफैमा सामाजिक क्षेत्रसंगै वाताबरण, शान्ति, समृद्धि, वातावरण एवं धेरै क्षेत्रमा भुमिका निर्बाह गरेको बताउदै रोटरी र पत्रकारिता एक साथ जानका लागि प्रत्येक बर्ष पत्रकारिता क्षेत्रका मुर्धन्य तर साच्चिकै क्रियाशील ब्याक्तित्वहरुलाई सम्मान गर्ने गरेको स्पष्ट पारिन् । उनले आफैले लगानी गरेर समाजसेवा गर्नु सामान्य कुरा नभएको भन्दै आगामी दिनमा पनि रोटरी मार्फत धेरै गर्न सकिने उल्लेख गरिन् ।
रोटरी इण्टरनेशलन डिष्ट्रिक अवार्ड कार्यक्रममा डिष्ट्रिक सचिब डा दिनेश मानन्धर, सचिब दुर्गा सुवेदी, सुरेश आचार्यले पनि रोटरी, समाजसेवा र पत्रकारिताको संवन्धका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा रोटरी क्लब अफ काठामाडौ डाउनटाउनका अध्यक्ष स्थानेश्वर रेग्मी, सचिव शम्भु उप्रेती पनि सम्मानित भएका थिए । त्यसैगरी यो बर्ष महत्वपूर्ण भुमिका निर्बाह गरेका अन्य क्लवहरुलाई सम्मान गरिएको थियो । यो बर्षका डिष्ट्रिक्ट गभर्नर रोन्द्र ध्वजूको कार्यकाल उत्कृष्ठ र अनुकरणीय भएको भन्दै पुर्व रोटरीका पुर्व अग्रजहरुले मुक्त कण्ठले प्रशंसा गरका थिए ।

Read more

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…