२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

दोविल्लाघाटमा तुलसीसहित विभिन्न प्रजातिका बिरुवा रोपण

पोखरा । पोखरा–२१ स्थित दोविल्लाघाटमा दाउरा हस्तान्तरण, तुलसी, विभिन्न प्रजातिका बोटबिरुवारोपण सहित डस्टबीन प्रदान गरिएको छ ।

सेतीनदी र स्थानीय फुस्रेखोलाको दोभानमा रहेको दोविल्लाघाट पोखरा महानगरको वडा नं १७, २१ र ३३ का बासिन्दाले घाटको रुपमा प्रयोग गर्दै आएका छन् ।

उक्त घाटमा बुधवार बाबा फ़ाउण्डेशन नेपाल, रोटरी क्लब अफ पोखरा पाराडाईज र दशनामी समाज कास्कीको संयुक्त आयोजना साथै लायन्स क्लब अफ पोखरा अभियानको आयोजनामा पनि बृक्षारोपण सहित डस्टबीन प्रदान गरिएको हो ।

दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष भरत रायमाझीलाई फ़ाउण्डेशनका सचिव टंकराजअधिकारी, रोटरी क्लबका अध्यक्ष देवेन्द्र पराजुली, दशनामी समाजकाका अध्यक्ष भूपेन्द्र गिरी र लायन्स क्लबअफ पोखरा अभियानका अध्यक्ष दिनेश भण्डारीले बोटबिरुवा र डस्टबीन हस्तान्तरण गरेका थिए ।

दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष भरत रायमाझीको अध्यक्षता पोखरा महानगरपालिका वडा नं. १४ र २१ का वडाध्यक्षद्वय बोधराज कार्की र दीपक सुबेदीको बिशेष उपस्थिति रहेको कार्यक्रममा तीनै वटा वडाका लब्धप्रतिष्ठित व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

सो अवसरमा दाउरा गोदामको उद्घाटन गरी समितिका अध्यक्ष रायमाझी र उहाँको परिवारका तर्फबाट दुवै वडाका वडाध्यक्षको रोहवरमा सिड मनिको रूपमा दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिलाई दाउरा हस्तान्तरण गरेका थिए। एउटा सब जलाउनका लागि समितिले दाउराको मूल्य ५ हजार ५ सय रूपैयाँ क़ायम गरेको छ । 

बोटविरुवा सहितको पार्क निर्माण गरी सो पार्क तथा घाट रहेको क्षेत्रलाई धार्मिक तथा सामाजिक रुपमा विकास गरेर पर्यटकीय स्थलका रुपमा अगाडि बढाउन दोविल्लाघाट क्षेत्रको संरक्षण गर्नका लागि पहल गरिएको व्यवस्थापन समितिका अध्यक्ष भरत रायमाझीले जानकारी दिए ।

समितिका अध्यक्ष रायमाझीका अनुसार घाट क्षेत्रमा सार्वजनिक उपयोगका लागि शौचालय, प्रतिक्षालय तथा शव जलाउनका लागि आवश्यक पर्ने दाउरा राख्नका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको छ ।

कार्यक्रममा २१ का वडाध्यक्ष सुवेदी र १४ का वडाध्यक्ष कार्कीले सार्वजनिक जग्गाको संरक्षणमा सबैको साथ र सहयोग लिएर अगाडि बढ्ने बताउदै दोविल्लाघाटको संरक्षण र विकासका लागि वडाको तर्फबाट बिशेष पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

Read more

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…