२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूमा पुराना नेतादेखि युवा पुस्तासम्मको प्रतिनिधित्व रहेको छ ।

केही दिनअघि सम्पन्न क्षेत्रीय अधिवेशनबाट तीनवटै निर्वाचन क्षेत्रमा विभिन्न क्लस्टर तथा समावेशी समूहअन्तर्गत प्रतिनिधिहरू निर्विरोध चयन भएका हुन् ।

क्षेत्र नम्बर १ बाट विकास लामा गुरुङ, चन्द्रावती पौडेल, पुष्पमणि भण्डारी, महेश्वर पाण्डे, परशुराम बी. पोखरेल, सुरेन्द्रनाथ शर्मा, प्रेम बराल, राजकुमार गुरुङ, ओम बस्नेत, विजय घिमिरे, कमलप्रसाद तिवारी, भीषण थापा मगर, रीता पौडेल, कल्पना तिवारी गौतम, रीता गुरुङ, सरस्वती परियार, शिशिर ढकाल, सरिफ मियाँ, जीवन तिवारी, रेशम विक, विश्वराज पौडेल, हरिबहादुर गुरुङ, सरोज रानाभाट, सुरेन्द्र बस्नेत, राजु गुरुङ, निशाना गौतम, शिवजी ढुंगाना, प्रदीप बानियाँ र सन्देश खत्री चयन भएका छन् ।

४० वर्षमुनिको क्लस्टरबाट जानुका सुब्बा र गोपीकृष्ण तिवारी, १८ देखि २८ वर्ष उमेर समूहबाट सृष्टि कँडेल र मन्दिप बराल तथा अपाङ्गता समूहबाट सागर पौडेल प्रतिनिधि बनेका छन् । क्षेत्रीय सभापति आनन्द सुवेदी, प्रदेश निर्वाचन क्षेत्रका सभापतिहरू इन्जिनियर अवित केसी र इन्जिनियर परशुराम बस्नेत, रुपा गाउँपालिकाका सभापति ढकबहादुर थापा, मादी गाउँपालिकाका सभापति खिमबहादुर जिसी र पोखरा महानगर सभापति मिलन तिवारी पदेन प्रतिनिधि चयन भएका छन् । मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ र प्रदेशसभा सदस्य सरस्वती गुरुङ पनि विधानअनुसार पदेन प्रतिनिधि बनेका छन् ।

क्षेत्र नम्बर २ बाट पूर्वजिल्ला सभापति शोभियतबहादुर अधिकारी, वर्तमान जिल्ला सभापति ऋषिराम काफ्लेसहित मुक्ति केसी, खेमकुमारी बराल, आशिक गुरुङ, ललितबहादुर कुँवर, अञ्जन थापा, मृगसिंह गुरुङ, प्रेमलाल पुन, प्रा. तीर्थ अर्याल, हिरादेवी शर्मा, विक्रम बस्नेत, सुभाष कोइराला, जितबहादुर थापा, हर्क गुरुङ, लक्ष्मी बाँस्तोला अधिकारी, कमला गिरी, उमा ठकुरी, इन्दिरा कोइराला, रामचन्द्र पौडेल, अर्जुन श्रेष्ठ, विष्णुबहादुर थापा, रजनी श्रेष्ठ, भेनिश थापा, डम्बरबहादुर रोका, प्रवीण क्षेत्री, प्रितम गुरुङ, युवराज बराल, खेमराज बराल, राजन पोखरेल, माधव चापागाईं, केशव लामिछाने र इन्जिनियर मनोज गुरुङ महाधिवेशन प्रतिनिधि चयन भएका छन् । क्षेत्रीय सभापति राजेन्द्र बराल तथा प्रदेश निर्वाचन क्षेत्रका सभापतिहरू भुपेन्द्र थापा र अभियान कोइराला पदेन प्रतिनिधि बनेका छन् ।

क्षेत्र नम्बर ३ बाट पूर्वराज्यमन्त्री महादेव गुरुङ, दुर्गाप्रसाद तिमिल्सिना, पोषनाथ शर्मा, मुक्तिराम अधिकारी, गणेशबहादुर भट्टराई, गंगाधर पराजुली, टिका बहादुर गुरुङ, मनपती भण्डारी, डा. गोविन्दबहादुर लामिछाने र दीपेन्द्र पौडेल ‘दीपक’ खुलातर्फबाट निर्विरोध चयन भएका छन् ।

महिलातर्फ तारा तिमिल्सिना, मन्दरा ढकाल, नारायणी कुँवर र शर्मिला खड्का, अपाङ्गता समूहबाट कृष्णप्रसाद ढुंगाना, १८ देखि २८ वर्ष उमेर समूहबाट विपिन पौडेल र गरिमा दवाडी तथा ४० वर्षमुनिको क्लस्टरबाट जयप्रकाश थापा ‘पप्पु’ र कृष्णकुमारी अधिकारी पोखरेल चयन भएका छन् ।

प्रजातन्त्र सेनानीतर्फ मनहरी सुवेदी र टेकप्रसाद अधिकारी, श्रमिक, किसान तथा पेशागत समूहबाट अधिवक्ता वीरेन्द्र केसी, बाबुराम बालाकोटी, इन्जिनियर विश्वास आचार्य र देवीप्रसाद अधिकारी तथा समावेशी समूहबाट तुलबहादुर भुजेल, अशोक भट्टचन, शिव बानियाँ, अधिवक्ता दुर्गाप्रसाद कोइराला, राधा गौतम (पद्मा), अधिवक्ता राजुराज अधिकारी, राजेन्द्ररमण पराजुली, लक्ष्मण पहारी (लक्की) र सनकमान सिके चयन भएका छन् ।

क्षेत्रीय सभापति पदम बस्ताकोटी, माछापुच्छ्रे गाउँपालिकाका सभापति माधव आचार्य, अन्नपूर्ण गाउँपालिकाका सभापति भरत केसी तथा प्रदेश निर्वाचन क्षेत्रका सभापतिहरू पोषराज पौडेल शर्मा र दीपेन्द्र लामिछाने पनि पदेन प्रतिनिधि बनेका छन् । विधानको व्यवस्थाअनुसार प्रदेशसभा सदस्य प्रकाश बराल तथा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङ र उपाध्यक्ष सीता अधिकारी पनि पदेन प्रतिनिधि बन्ने व्यवस्था छ ।

यसैबीच, कास्कीका क्षेत्र नम्बर २ र ३ बाट चयन भएका महाधिवेशन प्रतिनिधिहरूलाई पोखरामा आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन समितिका गण्डकी प्रदेश संयोजक अधिवक्ता वीरेन्द्र केसीसहित कांग्रेसका अग्रज नेताहरूले उनीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रमाणपत्र वितरण कार्यक्रममा केन्द्रीय सदस्य गुरु बराल, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, गण्डकी प्रदेशका अर्थमन्त्री जित शेरचन, पूर्वमन्त्री मणिभद्र शर्मा कँडेल, प्रदेश उपसभापति मेखलाल श्रेष्ठ, कास्की कांग्रेसका पूर्वसभापति शोभियतबहादुर अधिकारी तथा प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापालगायत सहभागी थिए ।

तीनवटै निर्वाचन क्षेत्रबाट चयन भएका प्रतिनिधिहरूमा पुराना नेतासँगै महिला, युवा, विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति तथा समावेशी समूहको प्रतिनिधित्व रहेको छ ।

Read more

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…