
पोखरा । अरुणोदय युवा क्लब घारीपाटन पोखराले शनिवार दशैं तिहार छठको शुभकामना सहित सांस्कृतिक साँझ सम्पन्न गरेको छ । क्लबका अध्यक्ष नरेन कुमार तमुको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम कास्की क्षेत्र नम्बर २ प्रदेश क का प्रदेश सभा उम्मेदवार विश्वप्रकाश लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
प्रमुख अतिथी लामिछानेले नेपाली कला, संस्कृति एवं चाड पर्व मनाएर क्लबले नेपाली कला संस्कृतिको संरक्षण तथा प्रवर्धनमा प्रशंसनीय कार्य गरेकोमा क्लब परिवारलाई बधाई सहित धन्यवाद दिएका थिए ।
पाँच दलीय गठबन्धनका साझा उम्मेदवार समेत रहेका लामिछानेले राजनीतिक आन्दोलनले देशमा ठुला परिवर्तन भएको तर जनताको आर्थिक अवस्था र सुशासनमा परिवर्तन नआएकाले प्राप्त उपलब्धिको औचित्यसिद्ध गर्न पाँच दल चुनावमा गठबन्धन गरेर अघि बढ़ेको बताए ।
विशिष्ट अतिथि पोखरा–७ का वडाध्यक्ष राममोहन आचार्यले क्लबले टोल समाजमा विकृति र विसंगतिको अन्त्य गर्दै नेपाली कला, संस्कृति एवं चाड पर्वको संरक्षण तथा प्रवर्धन गर्न प्रत्येक बर्ष शुभकामना एवं सांस्कृतिक कार्यक्रम गर्दै आएकोमा निरन्तरताका लागि शुभकामना दिएका थिए । समाज परिवर्तनमा क्लबले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै वडा कार्यालय क्लबसँग रचनात्मक काममा हातेमालो गर्दै अघि बढ़न चाहेको समेत वडाध्यक्षको भनाई रहेको थियो ।
सो अवसरमा स्थानीय कलाकारले बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी स्थानीय दर्शकलाई मन्त्रमुग्ध पारेका थिए ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष बिक्रम गुरूङ, निवर्तमान अध्यक्ष सुरेश गुरूङ, क्लबका उपाध्यक्ष पूर्ण गुरूङ, सचिव बिष्णु सुवेदी लगाएतले सहभागी र सहयोगी मन सबैप्रति आभार व्यक्त गर्दै दशैं तिहार, छठ पर्वको शुभकामना दिएका थिए ।







सम्बन्धित खवर


















