0Shares

पोखरा । गण्डकी प्रदेश सभा सदस्य उम्मेदवार विन्दु कुमार थापाले गण्डकी प्रदेशको राजधानी पोखरामा मुटु अस्पताल निमार्णका लागि पहल गर्ने बताएका छन् ।
गठबन्धनबाट साझा उम्मेदवार बनेका कास्की क्षेत्र नं. २(२) का उम्मेदवार थापाले आफु विजयी भएमा प्रदेशका लागि विशिष्टकृत अस्पताल र मुटु अस्पताल बनाउन पहल गर्ने बताएका छन् ।
घरदैलो अभियानमा रहेका थापाले हरेक नागरिकका लागि प्रदेशमै उपचार गराउने व्यवस्था गराउनका लागि आफुले काम गर्ने बताएका हुन् । ‘गण्डकी प्रदेशको राजधानी पोखरामा प्राथमिकतामा आधारमा विशिष्टकृत अस्पताल र पहिलो चरणमा विशिष्टकृत मुटु अस्पताल निमार्णका लागि महल गर्नेछु’ थापाले भने । थापाले सरकारी कार्यालयबाट प्राप्त हुने सेवालाई प्रदेशको हक र अधिकारले भ्याएसम्म यहिबाट र संघसँग समन्वय गर्नुपर्ने ठाउँमा समन्व्य गरि डिजिटल गण्डकी प्रदेशको निमार्णमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

भ्रष्टचार नगर्ने सहयोगी थापालाई हाम्रो मत : स्थानीय
पोखरा महानगरपालिका वडा ८ मा मतदाताको समस्या बुझ्न पुगेका थापालाई सोमबार स्थानीयहरुले भव्य स्वागत र सम्मान गरे ।
उक्त सम्मान देख्दा आफुलाई विजयी भएको अनुभुति भएको थापाले बताए । मन र मत जितेका थापालाई यसपालि पनि जिताउन वडा ८ का वासिन्दाहरु आतुर भएका छन् ।
स्थानीय गोविन्द खाँडले विन्दुकुमार थापा विकास प्रेमी नेता भएको बताए । उनले आफुले पार्टी नहेरि व्यक्ति हेरेर थापालाई मत दिन लागेको प्रतिक्रिया दिए । ‘ पार्टी होइन व्यक्तिलाई मत दिने हो । उहाँ (विन्दुकुमार थापा) विश्वासिलो व्यक्ति हुनुहुन्छ । पार्टी भनेर नाङ्गो खुट्टा आएकालाई दिएर काम छैन्’ उनले भने, ‘ तिनिहरुले देशलाई कंगाल बनाए । संवृद्ध भएकालाई दिँदा देश बन्ने रहेछ । त्यसैले विन्दु थापालाई हाम्रो मत जान्छ ।’
थापामा लोभलालच केही नरहेको र सहयोगको भावना रहेको व्यक्ति भएकाले सबैको मन जितेको खाँडको भनाइ छ । उनले आफ्नो अधिकार प्रयोग गरि थापालाई मत दिन समेत आग्रह गरेका छन् । ‘यो हाम्रो अधिकार हो देश बनाउने त्यसैले देश संवृद्धि, नागरिक आत्मनिर्भर हुनुपर्छ । हामी विदेश जाने हो भने हाम्रो पासपोर्ट देखेर हेप्छन्’ उनले भने,‘आफ्नै देशमा स्वरोजगार भयो भने त्यसरी हेरिदैन् । त्यसैले अब देशका लागि गर्ने व्यक्तिलाई अघि बढाउनुपर्छ ।’
यस्तै स्थानीय चमेली कुँवरले पनि थापा सहयोगी भावना भएका सरल व्यक्ति रहेको सुनाइन् । उनले समाजसेवामा लाग्ने थापा यस अघिपनि कुनै सेवा सुविधा नलिइ नागरिकको सेवामा लागेकाले आफ्नो मत थापालाई नै दिने बताइन् ।
‘हामी विन्दु थापालाई मत हाल्न निकै खुसी छौँ । उहाँ निकै सहयोगी हुनुहुन्छ ’ उनले भनिन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected