79Shares

पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीको ३०औं साधारण एवं १६औं अधिवेशन सम्पन्न भएको अधिवेशनले लिलकाजी गुरूङलाई पुन: अध्यक्षमा निर्वाचित गरेको

संघ कास्कीका वरिष्ठ उपाध्यक्ष सुवर्ण श्रेष्ठ गुरूङ बिच भएको प्रतिस्पर्धामा ३० मतले गुरूङ विजयी भएका हुन् गुरूङले १९२ मत ल्याउदा श्रेष्ठले १६२ मत ल्याएका थिए

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा प्रेम पहारी, उपाध्यक्षमा सिरस बास्तोला,  सचिवमा डम्बरराज ढकाल,  सहचिवमा धुवबाबु भट्टराई  कोषाध्यक्षमा हिरामणि पोखरेल निर्वाचित भएका छन्

यसैगरी, संघको सहकोषाध्यक्षमा किरण गौतम तथा सदस्यमा जनक श्रेष्ठ, . मिलन सुवेदी, स्वीकार पोखरेल, हरिप्रसाद पहारी, प्रकाश जीसी . हेमप्रसाद गुरूङ निर्वाचित भएका छन्।

सय १९ मतदाता रहेकोमा मतदान प्रक्रियामा सय ५९ जनाले मतदान गरेका थिए ।

यस अघि विहिवार साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि महासंघका केन्द्रिय अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूले काम सम्पन्न हुँदा पनि सरकारबाट समय भुक्तानी नपाँउदा मर्कामा परेको बताउदै सो को कारण आर्थिक चलाएमान हुन नसकेको बताए

संघका अध्यक्ष लिलकाजी गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका सल्लाहकार निकोलस पाण्डे, सकुन्तलाल हिराचन, शिवशंकर गौचन, वरिष्ठ उपाध्यक्ष आङकाजी लामा, उपाध्यक्षहरू मुकेश पन्त, राजेश मल्ल, वालकृष्ण थापा, महासचिव रोशन दाहाल लगाएतले सरकारले निर्माण सम्पन्न भएका आयोजनाहरुको समयमा भुक्तानी नदिएको कारण निर्माण व्यवसायीहरु काम गर्न सक्षम नभएको भनाई राखेका थिए

संघका सचिव सिरस बास्तोलाको संचालन रहेको साधारणसभामा कास्की स्थित पाटीका प्रमुख एवं प्रतिनिधिहरू नेकपा एमालेका अध्यक्ष बैन बहादुर क्षेत्री, नेपाली काँग्रेसका सहसचिव नविन सिग्देल, नेकपा एस का अध्यक्ष खड्ग हमाल निर्माण व्यवसायीका समस्याका वारेमा जानकार रहेको जनाउ दिदैं सरकारलाई घचघचाउन सहयोग गर्ने बताएका थिए

कार्यक्रममा संघका गण्डकी प्रदेश अध्यक्ष टंकराज बराल, केन्द्रीय सदस्य शुरेश श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष सुवर्ण श्रेष्ठ लगाएतले निर्माण व्यवसायीहरुले वर्तमान अवस्थामा भोगीरहेको भुक्तानी सम्बन्धि समस्या सानानिर्माण व्यवसायीहरुको समस्या पहिचान समाधानमा पनि केन्द्रिय तहले भुमिका खेल्नुपर्ने बताए

पोखरा माटेपानीस्थित एस.आर.के.सी. वैङ्क्वीटमा सम्पन्न साधारणभामा संघका अध्यक्ष लिलकाजी गुरूङले संघका गतिबिधि सचिव सिरस बास्तोलाले सांगठनिक प्रतिवेदन कोषाध्यक्ष उत्तम सिग्देलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए

79Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected