२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026
खबर

पोखरामा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ-२०८१ सुरु

पोखरा । श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ २०८१ पोखरा प्रर्दशनी केन्द्रमा आजदेखि सुरु भएको छ ।

ज्ञानमहायज्ञको उद्घाटन अगाडि पोखराको सेती नदी स्थित गाईघाटबाट शान्ती कलश सहितको शोभा यात्रा तथा बाजागाजा सहितको धार्मिक झाँकीले बजारको विभिन्न ठाउँको परिक्रममा गर्दै महायज्ञ स्थलमा पुगेको थियो ।

सो महायज्ञको उद्घाटन गर्नुहुदै गलेश्वर आश्रम देवघाटधाम तनहुँका पीठाधिश अनन्तश्रीविभूषित स्वामी आत्मानन्द गिरी महाराजले गर्नुहुदै धर्म, संस्कार र संस्कृतिको संरक्षणमा यस महायज्ञले टेवा पुर्याउने बताए ।

उनले ज्ञानभुमी काशीलाई स्मरण गराउने कास्की कश्यप ऋषिको तपोभुमि रहेको बताउदै लोककल्याण तथा विशुद्ध आध्यात्मिक साधानाको उद्देश्यमा केन्द्रित महायज्ञ रहेको उल्लेख गरे ।

ज्ञानमहायज्ञका प्रमुख भागवत वाचक हरिहर सन्यास आश्रम, देवघाटधाम तनहुँका पीठाधिश अनन्तश्रीविभूषित स्वामी ज्ञानान्द सरस्वतीजी महाराज, महेश सन्यास आश्रमका पीठाधिश श्री रमणान्द गिरी महाराज, श्री १००८ स्वामी केशवानन्द गिरीजी महाराज सहित ११ जना स्वामी लगायतको उपस्थित रहेको छ ।

ज्ञानमहायज्ञ सम्पादन समितिका अध्यक्ष लक्ष्मण पौडेल, सह-अध्यक्ष महेश पराजुली, उपाध्यक्ष सूर्यप्रसाद भण्डारी, राप्रपाका नेता रविन्द्र मिश्र, नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, पूर्व सभापति सोभियत अधिकारी लगायतले सनातन धर्म र भागवत्को प्रभावले नै विश्वमा लोकको कल्याण हुनको साथै विश्वमा शान्ति फैलने बिषयमा जोड दिएका थिए ।

सामाजिक, धार्मिक सद्भाव र सहिष्णुता बृद्धि गर्ने हिसाबले आयोजना गरिएको ज्ञानमहायज्ञ बैशाख १० गतेसम्म संचालन हुने छ । बैशाख ३ गतेदेखि ९ गतेसम्म पाठ परायण, प्रवचन तथा अनुष्ठान हुने र १० गते अन्तिम दिन महायज्ञको पूर्णाहुति एवं अभिषेक सहित प्रसाद वितरण गरी महायज्ञको समापन हुने आयोजकले जनाएको छ ।

Read more

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…