15Shares

अनुपा अधिकारी,

पोखरा लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको  पोखरा महानगरपालिका-४, गैरापाटनस्थित उक्त कलेजमा अध्ययनरत दोस्रो वर्ष तेस्रो वर्षका विद्यार्थीहरुको संयुक्त आयोजनामा चैत २९ गते विहिवार प्रथम वर्षकालाई स्वागत चौथो वर्षका विद्यार्थीहरुलाई बिदाई गरिएको हो

बिबिएस तेस्रो वर्षमा अध्ययनरत अभिनव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कलेज संचालक समितिकाअध्यक्ष प्रा.डा विश्वकल्याण पराजुली, क्याम्पस प्रमुख नारायणकुमार श्रेष्ठ, मानविकी संकायका संयोजकउपेन्द्र पौडेल, पश्चिमाञ्चल माविका प्राचार्य सरोज कोइराला, पोखरा आर्दश सेकेण्डरी विद्यालय व्यवस्थापनसमितिका अध्यक्ष कमल सापकोटा लगायतले शिक्षाको महत्वका बारेमा आ-आफ्ना भनाई राखेका थिए ।

सो अवसरमा लेकसिटी कलेजमा अध्यापन गराउने शिक्षकहरुलाई सम्मान गरिएको थियो भने उत्कृष्ट शिक्षक पुरस्कारवाट विष्णुप्रसाद अधिकारीलाई पनि सम्मान गरिएको थियो

बिए दोस्रो वर्षका आयुष मल्ल, बिबिएस दोस्रो वर्षकी शुभेच्छा थापा, बिए तेस्रो वर्षका समिर पाठक बिबिएस तेस्रो वर्षकी अनिषा पुरीको संयुक्त संचालनमा रहेको कार्यक्रम बिबिएस दोस्रो वर्षका बिधार्थी सोनिस पौडेलले स्वागत प्रतिमा पौडेलले धन्यवाद मन्तव्य राखेका थिए 

15Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected