डिष्ट्रिक्ट ३२५ आई नेपालको पदाधिकारी प्रशिक्षण सम्पन्न, आईमा आउँदा तीर्थाघाटन आए जस्तै हुन्छ- बुर्लाकोटी

पोखरा भ्यूज
पोखरा, १९ जेष्ठ । लायन्स अन्तर्राष्ट्रियका डाईरेक्टर बालकृष्ण बुर्लाकोटीले डिष्ट्रिक्ट ३२५ आई नेपालमा आउँदा तीर्थाघाटन आए जस्तै हुने गरेको बताएका छन् । डिष्ट्रिक्ट ३२५ आई नेपालको शनिवार पोखरामा सम्पन्न गण्डकी धवलागिरी क्षेत्रका क्लब पदाधिकारीहरू लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा बुर्लाकोटीले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुर्लाकोटीले जुन डिष्ट्रिक्टले पटक पटक सगरमाथा चढेको छ, लायनवादमा विश्व रेक़र्ड तोडेको बताउदै कुनै बेला चार धाम गरेर आएकालाई छोएपनि तिर्थ गएजस्तै हुन्थ्यो रे त्यस्तै डिष्ट्रिक्ट ३२५ आई मा आउँदा मलाई पनि तीर्थाघाटन आए जस्तै हुने बताएका थिए ।

‘विहानीले दिनको अवस्था बताउछ’ भने झै आगामी बर्षको लागि क्लब पदाधिकारी प्रशिक्षणमा आउँदा गण्डकी क्षेत्रमा मात्र १५ वटा नयाँ क्लब उद्घाटन हुने सुखद संयोग भएको बुर्लाकोटीले जनाए ।
डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसीको नेतृत्वमा रहेको डिष्ट्रिक्ट ३२५ आई नेपालले यसबर्ष मात्र ५३ वटा नयाँ क्लब चार्टर सहित लायन्स अन्तर्राष्ट्रियमा सदस्य संख्या बृद्वी र सेवाका कार्यमा विश्व रेक़र्ड राख्न सफल भएको छ ।
डिष्ट्रिक ३२५ आई नेपालको आयोजनामा गण्डकी धवलागिरी क्षेत्रका लायन बर्ष २०२४/०२५ का लागि डिष्ट्रिक्टले क्लबबाट निर्वाचित पदाधिकारीलाई प्रशिक्षण दिईएको हो ।
क्लव पदाधिकारी तालिम अन्तर्गत (आउँदो जुलाई १ बाट कार्यकाल सुरू हुने) आगामी बर्षका लागि क्लवका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई क्लव कसरी सञ्चालन गर्ने, लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट र क्लबका भाबी आफ्ना कार्यक्रम र सामाजिक उत्तर दायित्व बहन गर्नका लागि खेल्नु पर्ने भूमिकाका बारेमा प्रशिक्षण गराइएको डिष्ट्रिक ३२५ आई नेपालका इलेक्ट डिष्ट्रिक्ट गर्भनर बिनोद ढुंगानाले जानकारी दिए ।

आफ्ना भाबी कार्यक्रम र रणनितीका बारेमा बोल्दै गभर्नर ढुंगानाले आगामी दिनहरुमा “हुमानिटी फस्ट” ‘मानवता पहिलो प्राथमिकता’ भन्ने स्लोगनको मर्म र भावना अनुसार सम्पुर्ण लायन्स सदस्यहरूले आफुलाई समाज सेवाका लगि बिशिष्ठ खालका सामाजीक कार्यहरुमा लगाउन आग्रह गरेका छन ।
ढुंगानाले मानवीय सम्बेदनाका क्षेत्रमा गर्न सकिने योगदान, अपाङग्तासँगको आत्मीयतामा ह्वील चेयर वितरण, आपत बिपदमा तत्कालको आवश्यकता पूर्तिका लागि फ़ुड बैंक संचालन बर्षका मुख्य कार्यक्रम रहेको बताउदै संचालन कार्यबिधिका बारेमा प्रशिक्षण गराएका थिए ।
यसका अलावा कमजोर क्लबलाई विशेष ध्यान दिएर बलियो बनाउने, क्लब सदस्यहरूलाई आजिवन सदस्यबनाई पर्मानेन्ट क्लब बनाउने, काठमाँड़ौ र पोखरामा डिष्ट्रिक्टको स्थायी सचिवालय बनाउन डिष्ट्रिक्ट विल्डिङ सपोर्ट, ईमरजेन्सी फण्ड स्थापना, लिड़रशिप, फेलोसिप र सामाजिक सेवाका कार्यमा जोड़ दिने लगायत पूर्व डिष्ट्रिक्ट गर्भनरहरुले अघि सारेका महत्वपूर्ण कार्यक्रमहरुलाई निरन्तरता दिने, डिष्ट्रिक्ट ३२५ आई नेपाललाई उत्कृष्ट डिष्ट्रिक्टका रूपमा स्थापित गराई गतिवान र सक्रिय बनाउनका लागि क्लबहरुलाई बलियो बनाउने समेतका योजना प्राथमिकतामा राखिएको ढुंगानाले उपस्थित क्लब पदाधिकारीलाई जनाउ दिएका थिए ।
ढुंगानाले ब्लड डोनेशन, वातावरण संरक्षणका लागि बृक्षारोपण, महिला शशक्तिकरणका कार्यक्रम साथै युवालाई लायन्ससँग जोड़न लायन्स पाठशाला बिशेष लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखी कार्यसम्पादन गर्न निर्देशन समेत दिएका थिए ।
गण्डकी धवलागिरीका क्षेत्रका ६२ पुराना क्लवका २ सय ४८ जना र आजै उद्घाटन भएका १५ क्लबबाट ६० जना गरी करिव ३ सय पदाधिकारीले भाग लिएको डिष्ट्रिक्ट सेक्रेटरियट एडमिनिट्रेटर (मनोनित) हरिराज पन्तले जानकारी दिए ।
प्रशिक्षण कार्यक्रममा क्लब अध्यक्षहरूलाई लायन्स अन्तराष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्साल र बर्तमान डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार के सी, प्रथम उपाध्यक्षका लागि प्रथम र द्वित्तिय भाईस गभर्नरद्वय पार्वती खरेल पाण्डे र सूर्य कुमार केसी, क्लब सचिवका लागि निवर्तमान डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेल र क्याविनेट सेक्रेटरी अमृत प्रसाद तिवारी र कोषाध्यक्षका लागि पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका र क्याविनेट ट्रेजरर पवित्रराज तिवारीले प्रशिक्षण दिएका थिए ।
डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्र केसीको अध्यक्षता क्याविनेट सेक्रेटरी (मनोनित) अमृत प्रसाद तिवारीको संचालन रहेको कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले ओमन इम्पावरमेन्ट, एलसिआईएफ एरिया लिडर राजन लम्सालले “आवर डिष्ट्रिक्ट, आवर प्राईड” र डिष्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसीले क्लब पदाधिकारीका लागि मोटिभेशनल क्लास लिएका थिए ।























