67Shares

पोखरा भ्यूज

पोखरा । विश्व वातावरण दिवसको अवसरमा विद्यार्थीले वृक्षरोपण र सरसफाई गरेका छन् । पोखरा महानगरपालिका वडा नं. ८ नागढुंगास्थित नेशनल क्रियशन एकेडेमीका विद्यार्थीले विश्व वातावरण दिवसको अवसरमा विद्यालय प्रांगणमा वृक्षरोपण र वरपर सरसफाई गरेका हुन् ।

यस वर्षको विश्व वातावरण दिवसको नारा “हाम्रो भूमि” अन्तर्गत भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरी प्रतिरोधमा केन्द्रित छ । भूमि पुनःस्थापना, मरुभूमिकरण र खडेरी विरुद्ध लड्न लचिलो समुदाय’, ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस मनाइएको छ ।

कार्यक्रम उद्घाटन गर्दै विद्यालयका प्राचार्य ज्ञानेन्द्र थापाले वातावरण संरक्षण गर्न र विद्यार्थीमा व्यवहारिक ज्ञान हासिल गर्न वृक्षरोपण र सरसफाई महत्वपूर्ण भएको बताए । उनले वातावरणप्रति सबै सचेत हुन आवश्यक रहेको स्पष्ट पारे ।              

विद्यार्थीले वातावरण जोगाउने उपाय र यसबाट हुने फाइदा समेटेर तयार गरेका प्लेकार्डसहित सचेतनामूलक र्‍याली प्रदर्शन गरेका भाइस प्रिन्सिपल विक्रम थापाले जानकारी दिए । कार्यक्रममा शिक्षक-शिक्षिकाले सहजीकरण गरेका थिए ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

67Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected