२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

राजमार्गमा धान रोप्दै नाचे पोखरेली : प्रशासन, आयोजनालाई समेत अटेरी गर्ने ठेकेदारको ढिलासुस्तीले यात्रु मारमा

पोखरा, १५ असार । पोखरामा पटक पटक विरोध हुने ठाउँ हो याम्दी- हरिचोक सडक खण्ड । पोखरा १ र २५ जोड्ने बिचको भाग जौबारीमा वर्षौ भइसक्यो सडक स्तरोन्नती हुन लागेको छ । भूपी शेरचन राजमार्गअन्तर्गतको सेक्टर ३ को स्तरोन्नतिको काम चलिरहेको छ त्यो पनि राष्ट्रिय गौरवको योजना मध्य पहाडी लोकमार्गअन्तर्गतको । याम्दीको पुल र यता हरिचोकदेखीको उकालोसम्म चारलेनका चिल्ला सडक छन् । तर, २.२ किलोमिटर सडक भने कच्चीमात्र होइन, दुई पांग्रे सवारीका लागि त अभिषाप नै छ ।
यतिबेला किसानलाई धान रोप्ने चटारो छ । सबै किसान खेतमा पुग्ने बेलामा भने हेम्जाका किसान र सिम्पानीका स्थानीय भने सडकमा आउन बाध्य भएका छन् । पटक-पटक विरोध गर्दा समेत ठेकेदारले अटेरिपना देखाएपनि शनिबार हेम्जा र सिम्पानीका स्थानीयले राजमार्गमै धान रोपेका छन् । उनीहरुले सडक निर्माणमा ढिलासुस्ती गरेपछि विरोधस्वरुप धान रोप्दै, असारे भाका र भजनमा विरोध गरेका हुन् ।
०७९ साल साउनमा काठमाडौंको मोतिदाङ कन्स्ट्रक्सन सेवा प्रा.लि.ले सडक निर्माणको जिम्मा लिएको थियो । सुरुवातमा विद्युत, खानेपानीको बहाना देखाउँदै आएको उक्त कम्पनीले विभिन्न बहानावाजीमा काम ढिलामात्रै गरेको छैन प्रहरीकै सेटिङमा नदीजन्य पदार्थसमेत अवैद्य रुपमा विक्रि गर्दै आइरहेको थियो । स्थानीयले पटक-पटक क्रसरबाट सामान बाहिर विक्रि गर्न लग्दै गर्दा नियन्त्रणमा लिई प्रहरीलाई नै बुझाएका थिए । काममा ढिलासुस्ती भएपछि निर्माण कम्पनीलाई मध्यपहाडी लोकमार्ग आयोजना (पर्वत) ले बारम्बार काम गर्न निर्देशन दियो तर, मानेन । यता जिल्ला प्रशासन कार्यालयमा समेत दर्जन भन्दा बढी छलफल भयो, जब जब विरोध तब तब मात्रै काम अघि बढ्यो । विरोध बन्द भएपनि काम पनि बन्द भयो ।
स्थानीय विजय त्रिपाठीले विरोध विरोधमा मात्रै सिमित भएको र त्यसको कुनै प्रतिफल प्राप्त नभएको बताउँदै अबको विरोध सामान्य ठाने त्यसको जिम्मा ठेकेदारले लिनुपर्ने सुनाए ।

Read more

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…