0Shares

सिरहा । कडा सुरक्षाका बीच सीके राउत नेतृत्वका स्वतन्त्र मधेश गठबन्धको राष्ट्रिय बैठक सुरु भएको छ । सरकारसँग ११ बुँदे समझदारीपछि मूलधारको राजनीतिमा प्रदेश गरेको सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषदको बैठक पहिलो पटक सार्वजनिक स्थलमा भएको हो ।

मधेशको २२ जिल्लाबाट २ सय प्रतिनिधि तथा पर्यवेक्षक बैठकमा सहभागिता रहेको थियो । बैठकमा सहभागि हुन आएका नेताहरुलाई परिचयपत्रको रुपमा नागरिकता देखाएपछि बिना मोबाइल बैठकस्थलमा प्रवेश दिइएको थियो । सिरहाको लहान नगरपालिका वडा नम्बर ७ स्थित मारवाडी सेवा सदनमा शुरु बैठकको सुरुवात नेपालको राष्ट्रिय गानबाट गरिएको थियो । बैठकमा सरकारसँग भएको ११ बुँदे सहमतिमा उल्लेखित ‘जनअभिमत’ शब्दमाथि कडारुपमा बहस भइरहेको छ ।
बैठक सोमबारसम्म चल्ने आयोजकले जनाएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected