२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

युवालाई सांसद वनाउन गन्डकीका कांग्रेस युवाहरुको माग

पोखरा, भदौ २६ । नेपाली कांग्रेसमा गन्डकी प्रदेशवाट संघ र प्रदेश सांसद वन्न आकांक्षा राखेका युवाहरूको “युथ टेवल” आईतवार पोखरामा भएको छ । आगामी मंसिर ४ गते हुने चुनावको लागि कांग्रेसले युवाहरूलाई उम्मेदवार वनाउन दवाव दिन कार्यक्रम गरिएको गन्डकी प्रदेश कार्य सम्पादन समिति सदस्य अजित क्षेत्रीले जानकारी दिनुभयो । भेलाले पार्टी केन्द्रीय नेतृत्वसंग ५ वुंदे माग सहितका निर्णय गरेको छ । दिगो विकास, सुशासन र सदाचारका पक्षमा संसदमा सशक्त आवाज़ र कानुन निर्माण गर्न भूमिका खेल्नका लागि संसदमा युवा नेतृत्व चाहिएको कांग्रेस युवा नेता भानु पराजुलीले वताउनुभयो । संघियताको सफल कार्यान्वयन, रुपान्तरण र पुस्तान्तरण सहितको राजनीतिक व्यवस्थापन गर्न राज्य र पार्टीको निर्णायक तहमा युवाहरूको प्रभावशाली उपस्थित गराउन पनि कांग्रेसमा नयाँ पुस्ता आवश्यक रहेको उहांको भनाई थियो । ने.वि संघका पुर्वमहामन्त्री युवराज पान्डेले संघ र प्रदेश चुनावमा युवालाई उम्मेदवार वनाउन सके कांग्रेसका पक्षमा जनलहर आउने दावी गर्नुभयो । नेवि संघका पुर्वउपाध्य़ डिल्ली सुवेदीले गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा विस्तारका लागि सांसदवाट आवश्यक नीति र कानुन वनाउन पनि युवा संसदमा पुग्नुपर्ने दावी उहांको छ । आन्तरिक प्रजातन्त्र, सुशासन र जवाफदेहिता विनाको सरकार सत्ताको उपयोगीमात्रै बन्न सक्छ, तर समृद्दि हासिल गर्न सकिन्न, त्यसैले अब हाम्रो पुस्ता गाँउलाई सहर होइन, गाँउलाई गाउँकै रुपमा समृद्ध बनाउने सपना, योजना र ताकत राख्छ, भेलामा सहभागी युवाहरुको निष्कर्ष छ । साथै भेलाले
पुराना नेताहरूलाई अभिभावकीय दायित्वमा रही नवीन चिन्तन, सोंच र विचार सहितको युवा पुस्तालाई नेतृत्व हस्तान्तरणमा सहयोग गर्न अपिल समेत गरेको छ । भेलामा नेपाली कांग्रेस कास्की सचिव भानु ढकाल, सहसचिव शंकर ढुंगाना, नेवि संघ पुर्व केन्द्रीय सदस्य पवन नेपाल, सरोज केसी, पुनम भट्ट, नेताहरू विधा वराल, गणेश भट्टराई, यमकृष्ण पौडेल, पारश रेग्मी, मिलन सुवेदी, रमेश पौडेल, हिरा भट्टराई, मदन वस्नेत, गोविन्द नेपाली, कल्याण वावु भन्डारी, दिपक गरुगं लगायतले वोल्नुभएको थियो ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…