२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

पोउवा संघका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमितिबाट पदभार ग्रहण

पोखरा,२८ भदौ । पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पवनकुमार प्रजापतिसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुले पदभार ग्रहण गरेका छन् । शनिबार सम्पन्न ३४ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष प्रजापतिसहित संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, उद्योग उपाध्यक्ष देवेन्द्र केसी,वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्य,महासचिव बलराम आचार्य, कोषाध्यक्ष दीनेशचन्द्र बास्तोला,उपमहासचिव शोभा गौतमसहित कार्यसमितिका सदस्यहरुलाई संघका निवर्तमान अध्यक्ष नारायण कोइरालाले पदस्थापन गराएका हुन् । पदस्थापन कार्यक्रममा संघका निवर्तमान महासचिव सुरेन्द्रमान विजुक्छेको पनि उपस्थिति रहेको थियो ।
पदस्थापन कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष पवनकुमार प्रजापतिले निजी क्षेत्रको उन्नयन तथा पोखराको समग्र आर्थिक विकासको लागि एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । पोखरा उद्योग वाणिज्य संघको मंगलबार नै बसेको पहिलो कार्यसमिति बैठकले विभिन्न निर्णयहरु पनि गरेको छ । अध्यक्ष प्रजापतिको अध्यक्षतामा सोमबार नै बसेको बैठकले संघको सचिवालय गैह्रापाटनमा बहुउद्देश्यीय भवन निर्माणका लागि वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीलाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ भने व्यवसायीमाथि आइपर्ने पीरमर्का संवोधनको लागि व्यवस्था गरिएको हेल्पडेक्सको संयोजकको जिम्मेवारी पनि वरिष्ठ उपाध्यक्ष कार्कीलाई नै सुम्पेको छ । बैठकले निर्वाचन सम्पन्न गर्न सहयोग पु¥याउने सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन पनि गरेको छ । सो अवसरमा संघका निवर्तमान अध्यक्ष नारायण कोइरालाले नवनिर्वाचित अध्यक्ष,पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई बधाइसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कार्यसमिति सदस्यमा सौगात थापा मनोनित


पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा सौगात थापा मनोनित भएका छन् । संघका अध्यक्ष पवनकुमार प्रजापतिले संघको विधानको परिच्छेद ६ अन्तर्गत ६.१ ‘ड’ को अधिकार प्रयोग गर्दै  सदस्य प्रतिष्ठान बगैंचा वेलनेस रिसोर्टका थापालाई कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । संघको विधानले अध्यक्षलाई ४ जना सदस्य मनोनित गर्ने अधिकार प्रदान गरेको छ ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…