२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

युवाहरुलाई राष्ट्र निर्माणमा एकजुट हुन सद्गुरुको आग्रह

काठमाडौँ, ३० भदौ । योगी, दुरदर्शी एवम् ईशा फाउण्डेशनका संस्थापक सद्गुरुले नेपाली संस्कृतिमा शुद्धता र मिठास भएकोले यो भूमीले एसियाको स्विट्जरल्याण्ड हुने सम्भावना बोकेको बताएका छन् । काठमाडौँ बत्तिसपुतलीस्थित द्वारिका होटलमा आयोजित एक कार्यक्रममा विभिन्न सञ्चार गृहका प्रतिनिधि तथा व्यवसायीहरुलाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताएका हुन् । राष्ट्र निर्माणका लागि सबै एकजुट हुनुपर्ने कुरा उल्लेख गर्दै सदगुरुले भने,“कुनै पनि मुलुक अविकसित हुनु भनेको एउटा अवसर हो ताकि हामी आफूले चाहेको जस्तो राष्ट्र बनाउन सकौँ ।”

उनले विशेषगरी युवा तथा व्यवसायीहरुलाई एकजुट भएर राष्ट्रको हितको लागि भिजन निर्माण गर्न साथै आगामी निर्वाचनअघि राष्ट्रको भविष्य तय गर्न नेताहरूसमक्ष सो भिजन प्रस्तुत गर्न आग्रह गरे । राजनीति विभेदको खेल नभएर राष्ट्रको हितका लागि नीति बनाउने माध्यम भएकोले सबै एकजुट भएर अगाडि आउनुपर्ने बताउँदै सद्गुरुले भने, “लोकतन्त्रको सौन्दर्य भनेको नागरिकसँग आफ्नो नेतृत्वकर्ता छनौट गर्ने अधिकार हुन्छ, जसकारण समझदारीपूर्वक सचेत व्यक्तिहरूलाई नेतृत्व तहमा पुर्याउन यो शक्ति प्रयोग गर्नुपर्छ ।”

माटो जोगाउन नेपाल जस्तो मुलुकले के गर्न सक्छ भन्ने एकजना सहभागीको जिज्ञासामा सद्गुरुले माटो जोगाउन “निती परिवर्तन” लाई जोड दिँदै विशेषगरी तीनवटा कुराहरु समेट्नुपर्ने बताए : पहिलो, किसानलाई राहत (incentives) दिनुपर्ने; दोस्रो, कार्बन क्रेडिटको प्रकृयालाई सरल बनाउने; तेस्रो, न्युनतम जैविक पदार्थ (३-६%) सुनिश्चित खाद्यान्नलाई बजारमा मान्यता प्रदान गर्ने । किसानको आर्थिक अ‍वस्थालाई सम्बोधन गरेर मात्रै माटो जोगाउन सम्भव हुने कुरामा सद्गुरुले जोड दिए ।

विश्वभरी माटो मरुभूमि बनिरहेको सङ्कटलाई सम्बोधन गर्न सद्गुरुले गत मार्चमा विश्व्यापी माटो जोगाऔं अभियान सुरु गरेका थिए । हालसम्म ३.९ अर्ब मानिसहरुले सो अभियानप्रति समर्थन जनाएका छन्, जसमा नेपालसहित ८१ राष्ट्रहरु औपचारिक रुपमा जोडिएका छन् ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…