२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

पहिलेका प्रतिस्पर्धी, अहिलेका सारथि

पोखरा । राजनीतिमा बिरलै देखिने दृश्य हो, अघिल्लो चुनावका प्रतिस्पर्धीलाई अर्को चुनावमा साथै लिएर हिँड्नु । यसपल्ट कास्की निर्वाचन क्षेत्र १(१) मा यस्तै भएको छ । कांग्रेस सहमहामन्त्री जीवन परियार ०७४ को चुनावमा जोसँग पराजित भए अहिले उनै उम्मेदवारलाई जिताउन कस्सिएका छन् ।
कांग्रेस नेता परियार र माओवादी केन्द्रका नेता दीपक कोइराला अघिल्लो प्रदेशसभाको चुनावमा प्रतिस्पर्धी थिए । त्यतिबेला वाम गठवन्धनबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका कोइरालाले चुनाव जिते । अहिले परिस्थिति फेरिएको छ । वाम गठबन्धन हुँदै एकतासम्म पुगेर नेकपा बने पनि केपी ओलीले संसद विघटन गरेपछि तीन टुक्रा भएको छ । संसद विघटन पछि पाँच दलीय गठबन्धन बनेको छ । स्थानीय चुनावमा सहकार्य गरेका दलले संघ र प्रदेशको चुनावमा पनि गठबन्धनलाई कायम राखेका छन् ।
पहिले जितेका निर्वाचन क्षेत्रमा त्यही दलको उम्मेदवार हुने गठबन्धनभित्रको सहमतिसँगै कास्की १(१) माओवादी केन्द्रले पायो । रुपा गाउँपालिका र पोखरा महानगरका वडा २६, २७, २९, ३०, ३१ र ३२ यो क्षेत्रमा पर्छन् । पाँच वर्षमा त्यस क्षेत्रका स्थानीयको मन जितेका कोइरालालाई माओवादी केन्द्रले पुनः उम्मेदवार बनायो । प्रदेशसभामा अर्थ तथा विकास समितिको सभापति भएर लोकप्रिय काम गरेका युवा नेता भएकाले पनि कांग्रेससँगै एमाले कार्यकर्ताले पनि मत दिने माओवादीको आकलन छ ।
कांग्रेस सहमहामन्त्री परियार स्वयं प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीमा छन् । उनी संघीय सांसद बन्ने निश्चितप्राय छ । अब उनको ध्यान आफ्नो निर्वाचन क्षेत्रमा गठबन्धनको उम्मेदवारलाई जिताउनुमा छ । उनी यतिबेला कास्की १ (१) मा उम्मेदवार कोइरालालाई जिताउन स्थानीयसँग भेटघाट गरिरहेका छन् । गठबन्धनका दलका स्थानीय नेतासँगै छन् । दुई युवा र क्षमतावान नेताको जुगलबन्दी जनताले रुचाएका छन् । महाभारत युद्धमा अर्जुनको रथ कृष्णले हाँकेजस्तै कोइरालालाई जिताउन कांग्रेस नेता परियार सारथिको भूमिकामा उत्रिएका छन् । कोइरालालाई जिताउन मत मागिरहेका छन् ।
यसपल्ट गठबन्धनको जित निश्चित भएको परियार बताउँछन् । ओलीले संसद विघटन गरिसकेपछि विशेष परिस्थितिमा कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको उनले बताए । ‘हामी हिजो झगडा गरेका आदर्श नमिलेका दलहरु पनि एउटै पार्टी भएर एक ठाउँमा बस्नु चानचुने कुरा होइन । कुनै बेला माओवादी र कांग्रेस मिलेर सँगै हिँड्छन् भनेर कसैले पनि कल्पना गरेको थिएनन्,’ उनी भन्छन्, ‘संविधानको रक्षा, राजनीतिक स्थायित्व, समृद्धि र विकास निर्माणका लागि गठबन्धन आवश्यक प¥यो ।’

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…