२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जनतामा हस्तान्तरण हुनुपर्छ : प्रदेश सभा उम्मेदवार बराल

पोखरा । नेपाली कांग्रेसका युवा नेता तथा कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले कास्कीको घान्द्रुकबाट शुरु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अब जनतामा हस्तान्तरण हुनुपर्ने बताएका छन् ।
चुनाव प्रचार-प्रसार गर्नेक्रममा सो क्षेत्रमा पुग्दा स्थानीयहरुले एक्याप निकै दुखेसो पोखेपछि उम्मेद्वार बरालले यस्तो बताएका हुन् । विशेषगरी घान्द्रुक, बीरेठाँटी, तोल्का लगायत क्षेत्रका स्थानीयले एक्यापविरुद्ध बोलिदिन बरालसंग आग्रह गरेका थिए ।

जनताले नै हुर्काएका कारण एक्याप उनीहरुले उपभोग गर्न पाउनुपर्ने बरालले स्पष्ट पारे । ‘एक्याप जनताले दुःख गरेर जनावरसंग जुधेर हुर्काएको क्षेत्र हो । यो क्षेत्र अब जनताकै नाममा हुनुपर्छ,’ उनले भने, ‘स्थानीयले उपभोग गर्न नपाए जोगाएको के अर्थ भयो ? एक्यापलाई समुदायमा हस्तान्तरण गरिनुपर्छ । म त्यसको नेतृत्व गर्छु ।’ कास्की २ (ख) का अधिकांश वडाहरुमा एक्याप कार्यरत छ ।
एक्याप भित्रको श्रोत साधन उपभोगका विषयमा दैनिकजसो स्थानीयसँग द्वन्द्व हुने गरेको छ । स्थानीय सरकारले पनि एक्यापको श्रोत आफूले पाउनुपर्नेमा जोड दिंदै आएको छ ।

‘देशमा स्थानीय सरकार आइसक्यो । उसको क्षेत्राधिकार भित्रको श्रोत उसले चलाउन पाउनुपर्छ,’ बराल भन्छन्, ‘एक्याप र स्थानीय सरकार समानान्तर रुपमा चल्दा नागरिकले दुख पाए । यसको निकास निकाल्नै पर्छ ।’

बरालले एक्यापबाट प्राप्त हुने सबै श्रोतमा स्थानीयकै अधिकार स्थापित गर्न आग्रह गरेका छन् । ‘एउटा काठको टुक्रा ल्याउन पाईंदैन । एउटा ढुंगा निकाल्यो भने जरिवाना लाग्छ । जेल जानुपर्छ,’ स्थानीयले भने, ‘यस्तो पीडा लिएर कति दिन चल्छ ? हामीलाई एक्यापबाट छुटकारा चाहियो ।’

यसअघि यहाँका स्थानीयहरुले एक्याप कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । तर दुःख नदिने सर्तमा उक्त तालाबन्दी खुला भएको थियो । एक्याप करिब दुई वर्षदेखि विना नवीकरण चलिरहेको छ । यसबारे संघ सरकारले मात्रै निर्णय गर्न पाउँछ । तर कुनै निर्णय नलिँदा एक्यापबारे अन्यौल कायम छ ।

लान्द्रुक, घान्द्रुक, उरी हुँदै किंरुङखोलासम्म घरदैलो

उम्मेद्वार बरालले अन्नपूर्ण गाउँपालिकाका मतदातासंग भेटघाट सकेका छन् । बुधबार बिहानैदेखि अन्नपूर्णको विभिन्न स्थानमा उनले घरदैलो गरे । उक्त अवसरमा उनले सडक, खानेपानी, विद्यालय भवन सुधार, स्थानीयको जनजीविका, बेरोजगारीका विषयमा मतदातासंग भलाकुसारी गरे ।

उक्त अवसरमा उनले आफू जनताको सेवाका लागि नै चुनावमा होमिएको स्पष्ट पारे । बुधबार उनले लान्द्रुक, घान्द्रुक, उरी हुँदै किंरुङखोलासम्म घरदैलो गरेका थिए ।

घरदैलोकाक्रममा मतदाताले विशेषगरि शिक्षा र सडकका विषय उठान गरेको उम्मेद्वार बरालले बताए । उनले भने, ‘मतदाताले उठाएका विषय निकै मार्मिक छन् । यी विषय पूरा गर्न ठूलो कुरा हो जस्तो लाग्दैछ । हिम्मतका साथ सोंच बदलेर अघि बढ्ने हो भने असम्भव केही छैन ।’

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…