२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

अबको दशक विकासको: दीपक कोईराला

पोखरा । संघीयतापछिको दोस्रो आम निर्वाचनमा रहेका ५ दलीय गठबन्धनका उम्मेदवारले अबको दशक विकासको दशक हुने प्रतिवद्धता गरेका छन् । संविधान निर्माण भएपछि भएको चुनावपछि पनि संसदीय राजनीतिमा अनेक विकृति देखिएको भन्दै उनीहरुले ती विकृति सच्चायाएर अबको युगको नेतृत्व गर्ने वाचा गरेका छन् ।

कास्की १ (१)मा सत्ता गठबन्धनका साझा उम्मेदवार दीपक कोइरालाले अबको दशकमा देश विकासको गतिका निकैअघि बढ्ने जनाए । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका कोइराला गण्डकी प्रदेशमा सोही क्षेत्रबाट अघिल्लो निर्वाचनमा चुनिएका थिए । कोइरालाले भने, ‘हामीले अनेक उतारचढावका बीच व्यवस्था बदल्यौं, संविधान बनायौं । अब योजनावद्ध विकासको कार्यभार पूरा गर्नुको विकल्प छैन ।’ कास्की १ (१) मा गएको कार्यकालमा आफ्नो पहलनमा धेरै योजना सुरु भएको उनको भनाइ छ । ती योजना पूरा गर्न र नयाँ जनताको जीवन बदल्ने खालका योजना बनाउन गठबन्धनको नेतृत्व जरुरी हुने औंल्याए ।

शनिबार पोखरा ३२ का मतदातासँग घरदैलोका क्रममा उनले तीन तहमै गठबन्धनको सरकार बने विकासको मूल फुट्ने बताए । उनले तल्लो गगनगौंडाका भूमिहीनको समस्या सुल्झिने क्रममा रहेको जनाउँदै यहाँको डुबानको समस्या पनि चाडै समाधान हुने जनाए । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले कोइराला अनुभवी र ऊर्जावान् नेता भएको जनाए । उनले विगतमा राम्रो काम गरेका नेताको मूल्यांकन गरी आगामी कार्यकालको नेतृत्व दिन उनले मतदातालाई आग्रह गरे ।

Read more

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…