२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

प्राचिन मौलिकता बोकेका ठाउँ तथा सम्पदाहरुको संरक्षण गर्ने

पोखरा । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरूङले सो क्षेत्रमा रहेका प्राचिन मौलिकता बोकेका ठाउँ तथा सम्पदाहरुको संरक्षण गर्नेमा आफुले जोड दिने बताएका छन् ।
मंसिर ४ गते हुने निवार्चन केन्द्रीत प्रचार अभियान अन्र्तगत शनिवार पोखरा २७ र २८ अन्तर्गत लेखनाथ अर्चले, कालिका लगायतको क्षेत्रमा मतदाता भेटघाट कार्यक्रममा गुरूङले आफ्नो निर्वाचन क्षेत्रमा पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण ठाउँहरु भएकोले त्यसको संरक्षण गर्ने प्रतिवद्धता जनाएका हुन् ।
पर्यटकीय ठाउँ लेखनाथ जन्मेको ठाउँलाई विश्व समुदायसम्म पु¥याउने बताउँदै उनले यसलाई विकास गर्न मतदाताले सुर्य चिन्हमा भोट दिन अपिल गरे । स्थानियको सहकार्यमा आफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न आफु कटिवद्ध भएको उम्मेदवार गुरूङले बताए ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…