२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

अनौपचारिक क्षेत्रका श्रमिकको पञ्जिकरणमा जोड दिने उम्मेदवार भट्टराईको प्रतिवद्धता

पोखरा । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २  का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अनौपचारिक क्षेत्रका श्रमिकहरुको पञ्जिकरणमा जोड दिने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
नेपाल टे«ड युनियन महासंघ अन्तर्गतको क्यूपेक नेपाल कास्कीद्धारा शनिवार पोखरामा आयोजित निर्वाचन केन्द्रीत कार्यक्रममा बोल्दै उनले श्रमिकलाई रोजगार तथा सेवा सुविधा उपलव्ध गराउन स्थानीय तहमा सुचिकृत गर्न पहल गर्ने प्रतिवद्धता जनाएकी हुन् ।
विश्वव्यापी रुपमा पैmलिएको कोभिड तथा विनाशकारी भूकम्पको समयमा सबैभन्दा बढी श्रमिक वर्ग मर्कामा परेको उल्लेख गर्दै उनले उनीहरु पञ्जिकृत नहुदा राज्यबाट प्राप्त गर्ने सेवा सुविधाबाट समेत बन्चित हुनु परेको स्मरण गरिन् ।
एमाले केन्द्रीय सदस्य समेत रहेकी नेत्री भट्टराईले मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा केन्द्रीत हुन सवैलाई आव्हान गर्दै श्रम ऐन निर्माणसंगै कार्यान्वयनमा जोड दिन प्रतिवद्ध रहने विश्वास व्यक्त गरिन् ।
समाजका मजदूर, श्रमजिवी, अपाङ्ग एवम् सर्वहारा वर्गको हित अधिकार सुनिश्चितताका साथै उनीहरुलाई आर्थिक रुपमा सम्पन्न गराएर मात्र समृद्ध नेपालको परिकल्पना सार्थक हुनेमा विश्वास व्यक्त गर्दै उनले पार्टीको घोषणापत्रका आधारमा मुलुकको समग्र विकास र हक अधिकार सुनिश्चितताका लागि जिम्मेवार भएर लाग्ने अठोट गरिन् ।
कार्यक्रममा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवम् कास्की निर्वाचन नं. २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार मिना गुरुङले आप्mनो बाँकी जिवन राष्ट्र निर्माण, समाज सेवा र श्रमिक सेवामा समर्पित हुने प्रतिवद्धता जनाईन् ।
निवर्तमान जिफण्ड केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश सभाको पाँच बर्षे भूमिका निर्वाह गरिसकेकी उनले एमालेले मातृशक्तिलाई विश्वास गरेर प्रदेश सभा सदस्यमा प्रत्यक्षको उम्मेदवारी दिएको उल्लेख गरिन् ।
हाम्रो मत सूर्यमा, श्रमशक्तिको विकास र समृद्धिको पक्षमा भन्ने मुख्य नारा सहित आयोजित कार्यक्रममा  क्यूपेक कास्कीका अध्यक्ष तिर्थराज मगरले कोभिडको बेलामा मजदूरको चुलो बाल्ने र घरमा पुग्नको लागि मिना गुरुङले आफुले पाउने सरकारी सेवा सुविधा सहित निजी खर्चले सहयोग स्मरण गरे ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…