२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

युवा विदेश पठाएर प्रदेशको विकास असम्भव : बराल

पोखरा । कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले विदेश पलायन रोक्ने र प्राप्त रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा लगानी गराउने प्रतिबद्धता जनाएका छन् । बिहीबार पोखरामा विभिन्न स्थानमा भएका घरदैलोका क्रममा उनले प्रदेशभित्र आउने रेमिट्यान्स अहिले पनि दैनिक उपभोग्य वस्तु र सेवा खरिदमा खर्च भैरहेको र घरायसी खर्चमा रेमिट्यान्स सकिएको बताए । 

‘गण्डकी प्रदेशको कुल ग्राहस्थ उत्पादनको ३७ प्रतिशत विप्रेषण अर्थात रेमिट्यान्सले धानेको छ’, तथ्यांक केलाउँदै उनले भने, ‘अहिले पनि वर्षेनी एक खर्व सात अर्व रेमिट्यान्स गण्डकीमा भित्रिन्छ । गण्डकी प्रदेशमा हरेक वर्ष ५० हजार नयाँ श्रम शक्ति श्रम बजारमा आउने गरेको तथ्यांक छ ।’

उनले थपे, ‘उनीहरुको रोजगारी अहिले पनि सरकारको समस्या हो । अधिकांश बेरोजगारहरु विदेश पुग्छन् । सरकारले नयाँ श्रम शक्तिको सम्बोधन गर्न सकेको छैन । हरेक निर्वाचनमा रोजगारी सिर्जना गर्ने नारा लिएर चुनाव जित्नेहरु चुनावपछि रोजगारीका क्षेत्रमा वास्तै गर्दैनन् ।’
‘रेमिट्यान्सलाई लगानीमा जोड्न विशेष पहल गर्ने छु । प्रदेशको अर्थतन्त्रमा विप्रेषणको अंश घटाउदै लाने र प्राप्त विप्रेषणको बचत परिचालन गरी उत्पादन क्षेत्रमा लगानी गर्ने मेरो योजना छ’, नेपाली कांग्रेसका युवा नेता बरालले भने ।

उनले उत्पादनमुखि, आत्मनिर्भर र समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा सरकारलाई घचघच्याउने बताए । ‘स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई, विद्युत, सन्चार र यातायात जस्ता सेवाहरुमा सबै व्यक्तिको सहज पहुँच पुर्याउनुपर्छ,’ बरालले भने, ‘अहिले सहरी क्षेत्रमा आयातमा निर्भर नाफामुखि र ग्रामिण क्षेत्र निर्वाहमुखि अर्थतन्त्रमा छन् । बैंक तथा वित्तिय संस्थाको लगानी कमजोर छ, उत्पादन क्षेत्रमा लगानी गर्न सकेका छैनन् । यसलाई मिलाउन चुनौति छ, तर मिलाउनुपर्छ ।’

श्रम बजारको माग अनुसार श्रमशक्ति उत्पादन नभएकोले धेरै बेरोजगार रहनुपरेको भन्दै बरालले सीप भएको जनशक्तिको अभाव र साधारण शिक्षा आर्जन गरेको जनशक्ति बेरोजगार बनेका बताए ।

‘उनीहरुलाई बजारको माग अनुसार श्रमशक्तिको उत्पादन गर्ने र हरेक तहमा रोजगार सिर्जना गर्न चुनौति छ । यहाँको पर्यटन पनि स्थानीय उत्पादनसँग सम्बन्ध छैन । पर्यटनलाई उत्पादनसँग जोड्न सके धेरैले गाउँघरमै रोजगारी पाउँछन्,’ उनी भन्छन्, ‘प्राविधिक सीप, ज्ञान भएको जनशक्ती विकास गरेर नयाँ प्रविधिको अन्वेषण गरी उत्पादन प्रकृयामा जोड्नुपर्छ । प्रभावकारी रुपमा उच्च उत्पादन प्राप्त गर्न सघाउने छु ।’

प्रदेशमा आर्थिक रुपले सक्रिय जनसंख्या ५७ प्रतिशत मात्रै छ । यो संख्या वर्षेनी घट्दै गएको छ । १५ देखि ५९ वर्ष उमेर समूहको उक्त जनसंख्यालाई विषेश योजनाका साथ विदेश जान वा पलायन हुनबाट रोक्दै उत्पादनमुलक क्षेत्रमा योजनाबद्ध रुपमा परिचालन गर्न सके मात्रै आर्थिक सामाजिक विकासमा फड्को मार्न सकिने बरालले बताए ।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…