123Shares

पोखरा भ्यूज
पोखरा । सुसाशन पत्रकारिता पुरस्कार–२०७८ पत्रकार यदुनाथ बञ्जारालाई दिने निर्णय भएको छ । ई. स्वर्गिय लेख बहादुर गुरुङले अक्षयकोषबाट स्थापित सुसाशन पत्रकारिता पुरस्कार सुसाशनका लागि नागरिक समाज (सुनास) ले सञ्चालन गर्दै आएको छ ।यो पुरस्कार भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस डिसेम्वर ९ का दिन प्रदान गरिनेछ ।

हरेक वर्ष प्रदान गर्दै आएको सुसाशन पत्रकारिता पुरस्कार प्रतिमा छनोटका लागि सुनासका पूर्व अध्यष चन्द्रकृष्ण कर्माचार्यको संयोजकत्वमा सदस्यहरु पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी र अग्रज पत्रकार श्याम कुँवर रहेको छनोट समितिले बञ्जारालाई पुरस्कृत गर्न छनोट गरी सुनास समक्ष सिफारिस गरेकोमा सुनासको वैठकले अनुमोदन गरेको सुसाशनका लागि नागरिक समाज (सुनास) का अध्क्ष रविन्द्रनाथ बास्तोलाले बताए । उनी सराङकोट साप्ताहिक पत्रिकाका सम्पादक हुन् ।

छनोट भएका पत्रकार यदुनाथ बञ्जारा लामो समय देखि भ्रष्टचार विरुद्धको अभियानमा सकृयतापूर्वक लागि खोज तथा अनुसन्धानमूलक पत्रकारिता गर्दै आएका व्यक्ति हुन् । सिआईएस पत्रकारिता पुरस्कार लगायत विभिन्न सामाजिक संस्थाहरुबाट पुरस्कृत भइसकेका पत्रकार बञ्जारा पत्रकार महासंघ गण्डकी प्रदेश सचिव, सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्कीका अध्यक्ष लगायत विभिन्न संस्थामा क्रियाशील छन् ।

 

123Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected