
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशका पदाधिकारीहरुको शुक्रबार बसेको वैठकले विविध निणर्य गरेको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको अध्यक्षतामा बसेको बैठकमा संसदीय दलको नेता चयन, सांसद कक्ष, पिजन होल र वीपी स्मृति पुस्तकालय विषयमा छलफल भएको नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले बताए ।

बैठकमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेता सहजीकरणको लागि नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको संयोजकत्वमा ४ सदस्य कमिटि गठन भएको छ । समितिको सदस्यमा गण्डकी प्रदेश संसदिय दलको नेता कृष्णचन्द्र नेपाली पोखरेल, नेपाली कांग्रेस गण्डकी प्रदेशका उपभापति मेखलाल श्रेष्ठ, महामन्त्री किरणवावु श्रेष्ठ र सहमहामन्त्री रामचन्द्र जोशी रहेका छन् ।
साथै, संसदीय दलको नेता बन्न २ वा २ भन्दा बढी इच्छुक देखिएमा निर्वाचन प्रकृया अगाडि बढाउनको लागि नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु प्रसाद लामिछानेको संयोजकत्वमा सह महामन्त्रीद्वय कोपिला रानाभाट र रमेश पाण्डेलाई सदस्य बनाईएको प्रवक्ता बाँस्तोलाले जानकारी दिए । निर्वाचन सम्पन्न गर्नका लागि गण्डकी प्रदेश प्रजातान्त्रिक कानुन व्यवसायी संघ डिएलए प्रदेशका अध्यक्ष फणिन्द्र कोइराला एवम् जिल्लाका अध्यक्ष कपिलमणि दाहाल सँग परामर्श सहित प्रकृया सम्पन्न गर्न आवश्यक सहयोग लिने निणर्य भएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति र प्रदेश संसदका विच समन्वयका लागि एक प्रदेश सांसद कक्ष र प्रदेश सांसदहरुको पत्र आदान प्रदान गर्न पिजन होल प्रदेश परिसरमा स्थापना गर्ने निणर्य भएको साथै नेपाली कांगे्रस गण्डकी प्रदेश कार्य समितिले स्थापना गरेको वी पी स्मृति पुस्तकालय सञ्चालन तथा व्यवस्थापन गर्नका लागि नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव प्रसाद बास्तोला (मधु) को संयोजकत्वमा समिति गठन गर्ने र पुस्तकालय सञ्चालन गर्न अन्य आवश्यक प्रकृया समितिले गर्ने निणर्य गरिएको सूचना सञ्चार तथा प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणी बरालले जानकारी दिए ।







सम्बन्धित खवर
















