२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

फेवातालमा माछाका भूरा छाडियो

पोखरा । पोखराको फेवातालमा माछाका भूरा छाडिएको छ ।
पोखरामा बल्छी खेल्नेहरू बिशेष गरी शहर माछासँग खेल्नेहरूको समूहबाट काली गण्डकी मत्स्य केन्द्रको सहयोगमा तालमा ७ हजार माछाका भूरा छाडिएको हो ।
शनिवार स्थानीय बासिन्दा सैलेश रायमाँझी, राम परियार, हिमालय प्रोजेक्टका बेल्जियम निवासी पाउल भान्डे मोर्टेल लगाएतले स्वत: स्फूर्त रूपमा आफनै खर्चमा काली गण्डकी मत्स्य केन्द्र, मिर्मीबाट ल्याई शहर, गर्दी र कत्ले जातका माछाका भूरा तालमा छाडेका हुन् ।
उनिहरूले फेवातालमा पाइने स्थानीय जातका माछा संरक्षण गदै लोप हुदै गएका शहर, गर्दी र कत्ले जातका माछालाई ब्राण्डिङ गर्नु पर्ने बताए ।

लोप हुदै गएका माछाहरूको संरक्षण र व्राण्डिङ गर्न सके भावी पुस्तालाई चिनाउन सहज हुने उनिहरूको भनाई रहेको छ ।
बल्छी खेल्दा सहर माछासँग खेल्न साह्रै नै रमाईलो हुने हुँदा हामीले त खेल्न पाएका छौं, भावी पुस्ताले पनि पनि खेल्न पाँउन भन्ने उद्देश्य महासीर जातको सहर माछालाई प्रत्येक बर्ष छोड़ने गरिएको अभियानका सदस्य सैलेश रायमाझीले बताए ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…