२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

राष्ट्रिय युवा नीतिसम्वन्धि गण्डकी प्रदेशस्तरिय युवाहरुको अन्तरक्रिया

पोखरा भ्यूज
पोखरा । राष्ट्रिय युवा नीतिसम्वन्धि गण्डकी प्रदेशस्तरिय युवाहरुबीच पोखरामा अन्तरक्रिया गरिएको छ ।
राष्ट्रिय युवा परिषद, नेत्रहिन युवा संघ नेपाल र राइट हेयर राइट नाउ नेपालको संयुक्त आयोजनामा गण्डकी प्रदेशका युवाहरुको बीचमा राष्ट्रीय युवा नीतिसम्वन्धि अन्तरक्रिया भएको हो । गण्डकी प्रदेशमा विभिन्न पेशा, शिक्षा, वर्ग, क्षेत्र, समुदायलगाएतमा रहेका युवाहरुको सहभागितामूलक उपस्थिति रहेको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य विद्यमान राष्ट्रिय युवा नितिको सम्बन्धमा युवाहरुलाई सुशुचित गराउनु र अव परिमार्जन हुने चरणमा रहेको राष्ट्रीय युवा नीतिमा कस्ता मुद्दाहरु समेटिनु पर्छ भनी युवाहरुबाट सुझाव संकलन गर्नु रहेको नेत्रहिन युवा सङ्घ नेपालका कार्यक्रम अधिकृत नीर श्रेष्ठले जानकारी दिए । सहभागिहरुबाट धेरै किसिमका सुझावहरु आएको उनी बताउँछन् ।
शिक्षालाई सिपसँग जोडिनुपर्ने, हरेक किसिमका निर्णायक प्रकृया र जिम्मेवारीमा युवाको अर्थपूर्ण र समावेशी सहभागिता, नीतिलाई कार्यान्वयनमा जोड दिनुपर्ने, स्थानीय तहमा युवाहरुको सहभागिता हुनुपर्ने, रोजगारी तथा उद्यमसिलता विकासको लागी परिवेश सुहाउँदो नीतिहरू अवलम्बन गर्नुपर्ने, नेपाली युवाहरूले विश्व बजारमा सहजै प्रतिस्पर्धा र पहुँच कायम गर्न सक्ने किसिमको नीति अक्तियार गर्नुपर्ने, सिमान्तकृत समुदायका युवाहरूको सशक्तिकरणका लागी विशेष र थप समावेशिमुलक निति र कार्यक्रमहरूको व्यवस्था गरिनुपर्ने, बृहत् यौनिकता शिक्षालाई जीवनोपयोगी सिप र ज्ञानको प्रमुख हिस्साको रूपमा स्विकार्दै त्यसअनुरूपका नीतिहरू अक्तियार गर्नुपर्ने, हरेक क्षेत्रमा लैङ्गिक समता सुनिश्चित गराउने खालका नीतिहरू ल्याइनुपर्ने, इन्टरनशिप, सिप पाठशाला, नविनतम विकासको प्रवर्तनको लागी युवा लक्षित विशेष व्यवस्थाहरू युवा नीतिमा नै समेटिनुपर्ने र अन्य निती, वार्षिक निति तथा कार्यक्रम र योजनामा उल्लेख भएका पक्षहरूलाई युवा नीतिमा पनि प्रतिबिम्बन गर्नुपर्ने  सुझाव कार्यक्रममा दिइएको श्रेष्ठले बताए । कार्यक्रम निकै उपलब्धिमूलक भएको उनको भनाई थियो ।
अन्तरक्रियामा राष्ट्रिय युवा परिषदका उपसचिव कर्ण कुँवर, सुवास मल्ल र निर श्रेष्ठले युवाहरुलाई प्रशिक्षण दिएका थिए ।
त्यस्तै जिल्ला युवा समिति कास्कीका अध्यक्ष विबेक देवकोटा, संघिय युवा सञ्जालका पूर्व केन्द्रीय अध्यक्ष विबेक त्रिपाठी, राइट हेयर राइट नाउकी प्रतिनिधि संस्कृति श्रेष्ठको उपस्थितिमा भएको अन्तरक्रियामा ४० जनाको सहभागिता रहेको थियो ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…