२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026
खबर

नयाँ लायन्स क्लब दिदै लेखनाथले मनायो २५औं पदस्थापन कार्यक्रम

पोखरा भ्यूज

लेखनाथ, कास्की । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको गण्डकी क्षेत्रको पुरानो क्लब लायन्स क्लब अफ लेखनाथले २५औँ पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा क्लबले नयाँ लायन्स क्लब, लायन्स क्लब अफ लेखनाथ अर्घौंको उद्घाटन गरेको छ ।

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर एवं पदस्थापन अधिकृत चन्द्रकुमार केसीले लायन बर्ष २०२३/२४ का क्लब अध्यक्ष लगाएत पदाधिकारीलाई पदस्थापित गराउनु भएको थियो भने नयाँ क्लब लेखनाथ अर्घौंको क्लब ब्यानरमा हस्ताक्षर गरी क्लबको उद्घाटन गर्नु भएको थियो । नयाँ क्लबको संस्थापक अध्यक्षमा प्रकाशलाल श्रेष्ठ रहनु भएको छ ।

लायन बर्ष २०२२/२३ का अध्यक्ष तिलकशाली सापकोटाले अध्यक्षता गर्दै आफ्नो कार्यकालमा सम्पादन भएका कार्यक्रमबारे जानकारी दिँदै आफ्नो कार्यकाललाई सफल बनाउनका लागि सहयोग गर्ने सम्पूर्णप्रति आभार समेत व्यक्त गर्नु भएको थियो ।

वर्ष २०२३/२४ का अध्यक्ष रमनाथ पौडेलले आफ्नो कार्यभार ग्रहण गर्दै आफ्नो कार्यकालमा क्लब रजतबर्षमा प्रवेश गरेको जनाउ दिदै केही नयाँ रचनात्मक कार्यक्रमका साथ रजत बर्षसँगसँगै क्लबलाई अगाडि बढाउने प्रतिवद्धता जनाउनु भयो ।

स्थापनाको २५औं वर्षका लागि चुनिएको नयाँ टिमले नयाँ उत्साह र जाँगरका साथ कार्य गर्ने र सबैको साथ सहयोग मिल्ने अपेक्षा समेत ब्यक्त गर्दै हालसम्म क्लबले सम्पादन गरेका कार्य र भावी योजना प्रस्तुत गर्नु भएको थियो ।

मंगलवार पोखरा-२६, अर्घौंचोकस्थित रविमहलमा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका आईपिडिजी रामबहादुर बसेल, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, क्याविनेट सेक्रेटरी महेश पाण्डे, ट्रेजरर सन्तोष रावल लगाएत डिष्ट्रिक्टका सिनियर लायन्स लिडरहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

Read more

गण्डकी कांग्रेसको नेतृत्वमा मेखलाल श्रेष्ठको दाबेदारी, महामन्त्रीमा गंगाधर पराजुलीको चर्चा

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नियमित महाधिवेशन पक्षधरले गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने तय गरेसँगै प्रदेश नेतृत्वका लागि राजनीतिक सरगर्मी…

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…