२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

लायन्सको तेस्रो क्याविनेट बैठकको पूर्व सन्ध्यामा बजार सरसफाई अभियान, तयारी पूरा

पोखरा भ्यूज

लमजुंग । लमजुंगमा हुन गईरहेको तेस्रो क्याबिनेट बैठकको पूर्व सन्ध्यामा बृहत् सरसफाई अभियान सम्पन्न भएको छ । बुधवार तेस्रो क्याविनेट बैठकलाई लक्षित गरी लमजुंग बेशिशहरस्थित लायन्स क्लबहरूको आव्हानमा सुरक्षाकर्मीको सहयोगमा स्थानीयवासीको स्वतःस्फूर्त सक्रियतामा बजार सरसफाई गरिएको हो । 

माघ ५ र ६ गते (सुक्रवार र शनिबार) दुई दिन लमजुंगको बेशिसहरस्थित फुलबारी मञ्चमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट बैठक हुदैछ । बैठकको सम्पूर्ण तयारी पूरा भएको बैठक मूल आयोजक समितिका संयोजक सुरेश कुमार प्रधानले बताए । बैठकमा करिब एक हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ ।              

नेपालमा रहेका १५ वटा डिष्ट्रिक्ट मध्ये सबैभन्दा अव्वल डिष्ट्रिक्टका रुपमा रहेको डिष्ट्रिक्ट आईले नेपालको लायनवादको ईतिहासमा पहिलो पटक लायन्स पदाधिकारीहरूको बैठक लमजुंगमा आयोजना गरेको डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको दावी छ ।

तेस्रो क्याबिनेट बैठकलाई भब्य रुपमा सफल पार्नका लागि लायन्स क्लब अफ लमजुंग बेशिशहरका संस्थापक अध्यक्ष सुरेशकुमार प्रधान संयोजक रहेको विभिन्न १४ वटा उप–समितिहरूले आफ्नो जिम्मेवारी तदारूकता साथ अघि बढ़ाई आफ्ना जिम्मेवारी पूरा गरेका छन् ।

समिति संयोजकहरूमा आर्थिकमा सुरेशकुमार प्रधान, प्रचारप्रसार तथा स्मारिका प्रकाशनमा किसान संगीत, स्थानीय तह संयोजनमा बुनाकुमारी रिमाल, अतिथि सत्कारको लागि सरिता सापकोटा, मञ्च/गेट र टेन्ट ब्यवस्थापनमा विजय घिमिरे, खाना/बास/खाजा व्यवस्थापनमा सरोज शर्मा वाग्ले, किट् व्यागमालक्ष्मण न्यौपाने, पार्किङ व्यवस्थापनमा गणेशमान श्रेष्ठ, खानेपानीमा सवनम मिया, स्वास्थ्य डेक्सको लागि त्रिलोकचन्द्र गुरुङ, झाँकी तथा साँस्कृतिक व्यवस्थापनमा पार्वती श्रेष्ठ, स्वयंसेवक परिचालनमा सुगम देउजा र मल्टिमिडिया व्यवस्थापन उपसमिति संयोजकमा प्रमोद अधिकारी रहेका छन् ।                    

सहभागीहरूको आवासका लागि लमजुंगस्थित होटलका साथै होम स्टे बुकिङ भईरहेको रजिष्ट्रेसन उपसमितिका संयोजक लायन्स क्लब अफ लमजुंग टुग़ेदर वी क्यानका अध्यक्ष शोभा ठकुरीले बताईन् । उनका अनुसार दुईदिन सम्म संचालन हुने मिटिङमा लमजुंग जिल्लामा उत्पादित स्थानीय विभिन्न बस्तुहरूको स्टल समेत रहने छ ।

लमजुंग जिल्लाको समग्र पर्यटन प्रवद्र्धन समेत गराउने उद्देश्यले तेस्रो क्याबिनेट बैठक लमजुंगमा राखिएको लायन्स क्लब अफ लमजुंग टुगेदर वी क्यानका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका रिजन चेयरपर्सन पायल शर्मा दनाईको भनाई छ ।

’लमजुंग पर्यटकीय दृष्टिले अत्यन्त सुन्दर भूमि हो, धार्मिक, प्राकृतिक, भौगोलिक तथा सांस्कृतिक पर्यटनको प्रबल सम्भावना बोकेको लमजुंगलाई पर्यटनका क्षेत्रमा अब्बल रुपमा दर्ज गर्न आवश्यक छ,’ लमजुंग दरवारका सचिव एवं सचिवालय संयोजक किसान संगीत बताउछन् । उनी भन्छन्- ‘विभिन्न संघसंस्था तथा निकायबाट यसको पहल भइरहेको छ नै, समृद्ध लमजुंगका लागि पर्यटन व्यवसाय आवश्यक रहेको नकार्न सकिदैन नै । यही आवश्यकता तथा लमजुंगलाई पर्यटकीय हबका रुपमा स्थापित गराउन यो क्याबिनेट बैठकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास हामीले लिएका छौँ ।’

जिल्लास्थित चार वटा लायन्स क्लवहरू, लायन्स क्लब अफ लमजुङ बेसीशहर, टुगेदर वि क्यान, लमजुङ दरबार र लमजुङ ग्लोवल सिटीको संयुक्त व्यवस्थापनमा सम्पन्न हुने बैठकमा डिष्ट्रिक्ट अन्तर्गतका सम्पूर्ण क्लबवबाट करिब १ हजार भन्दा बढ़ीको सहभागिता रहने अनुमान गरिएको छ भने बैठकका लागि बेसीशहर नगरपालिका वडा नं ८ स्थित फूलबारीमञ्चमा हुनेछ ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…