२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026
खबर

स्याङ्जावासीले भने, ‘नयाँ बर्षमा सुशासन र समृद्धिको विकास होस’

स्याङ्जा । आजबाट नयाँ बर्ष अर्थात् २०८१ शुभारम्भ भएको छ । नयाँ बर्ष आरम्भ पारेर वालिङ-१ ले आयोजना गरेको शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन र जनता पुस्तकालय उदघाटन कार्यक्रममा वडावासीले नयाँ बर्ष २०८१ सुशासन र समृद्धिको बर्षको रुपमा विकास होस भन्ने कामना गरे । हरेक बर्ष आउछ, जान्छ तर नयाँ बर्षमा शुभकामना दिने मात्रै काम नभएर २०८१ साच्चिैकै मुलुकको समृद्धि सगै वालिङ नगरको मुहार फेरिने विश्वास व्यक्त गरे ।
हरेक नयाँ बर्ष आशा लिएर आउछ तर जाने बेला निरासा भएर बिदाई हुने गरेको स्मरण गर्दै वडावासीले उत्साहका साथ शुभारम्भ भएको ०८१ साल बिदाई गर्दापनि उमङ्ग र उत्साहका साथ बिदाई गर्न पाइयोस भन्ने कामना गरे । शुभकामना आदानप्रदान-२०८१ को भित्तेपात्रो विमोचन र जनता पुस्तकालयको उदघाटन गर्दै वालिङ नगर प्रमुख कृष्ण खाँणले वडावासीले दिएको शुभकामना सन्देशले साच्चिकै समृद्धिकै बर्ष हुने विश्वास व्यक्त गरे ।
शुभकामना आदान प्रदान कार्यक्रममा नगर प्रमुख खाँणले हराउन थालेको जनता पुस्तकालयको खोजी जसरी यो वाडले गरेको छ त्यसरी नै हराउन थालेका र हुन नसकेका विकासका आयोजनाहरु यो बर्षबाट शुभारम्भ हुने प्रतिवद्धता व्यक्त गरे । परिवर्तनको सम्वाहकको रुपमा रहेको जनता पुस्तकालय पुन स्थापना गरेर वडा नम्वर-१ ले महत्वपूर्ण काम गरेको भन्दै नगर प्रमुख खाँणले अब हरेक वाडले पुस्तकालय बनाउने अभियान शुरु गर्न आग्रह गरे । पढ्ने बानीको विकास घट्दै जान थालेको प्रति चिन्ता व्यक्त गर्दै नगर प्रमुख खाँणले यस्ता पुस्तकालय स्थापना गरेर पढ्ने बानीको विकास बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा जनता पुस्तकालयका अध्यक्ष जिवलाल काफ्लेले परिवर्तनका लागि स्थापना गरिएको पुस्तकालयलाई वडाले ब्युँताउने काम गरेकोमा धन्यवाद दिए । पञ्चायत बिरुद्धको आन्दोलनमा नागरिकलाई सु—सुजित गर्ने उदेश्यले स्थापना गरिएको यो पुस्तकालय इतिहास भएको स्मरण अध्यक्ष काफ्लेले गरे । वालिङ-१ का वडा अध्यक्ष तथा वालिङ नगर प्रवक्ता पदमराज गुरुङ्ले सुतेको जनता पुस्तकालयलाई नयाँ बर्षको शुभारम्भ सगै व्युँताउने प्रयास गरिएको बताए । यो बर्षमा सुतेर रहेका सबै क्षेत्रको खोजीगरी व्युँताउन प्रेरित गर्न यो नयाँ बर्षले साथ दिने आशा अध्यक्ष गुरुङ्ले गरे ।
कार्यक्रममा वालिङ नगरपालिकाका सबै वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, टोल विकास संस्थाका अध्यक्षहरु, सामाजिक व्यत्तित्व, सरकारी कार्यालयका प्रमुख, संचारकर्मी, विभिन्न राजनीतिकदलका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । वडा सदस्य तथा कार्यपालिका सदस्य सिता विकले स्वागत गरेको कार्यक्रमको संचालन वडा सचिव बुद्धिनारायण पंगेनीले गरेका थिए ।

Read more

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…