२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र सार्वजनिक

पोखरा । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र, २०८१ सार्वजनिक गरिएको छ। गण्डकी प्रदेश सरकार मन्त्रिपरिषदको गत जेठ ४ गतेको निर्णयअनुसार स्वीकृत दोस्रो पञ्चवर्षीय योजना(२०८१/८२–२०८५/०८६) को परिमार्जित आधारपत्र मंगलबार मुख्यमन्त्री खगराज अधिकारीले सार्वजनीक गरेका हुन्  ।

राष्ट्रिय योजना आयोगले प्रदेशलाई परिपत्र गरी १४ वटा विषयगत क्षेत्र निर्धारण गरी योजना बनाउन निर्देश गरेपनि त्यसलाई अवलम्बन नगरेको पाइएकाले आधारपत्र परिमार्जन गरिएको उहाँको भनाई छ । ‘गरिबीन्यूनीकरण, समतामूलक समाज स्थापना र स्थानीय आर्थिक विकासलाई आधारपत्रले समेटेको रहेनछ, हामीलेदिनको १८ घन्टाभन्दा बढी काम गरेर यसमा परिमार्जन गरेका छौं ।’ मुख्यमन्त्री अधिकारीले भने ।

प्रदेश नीति तथा योजना आयोगको अध्यक्ष समेत रहेका मुख्यमन्त्री अधिकारीले दोस्रो आवधिकयोजनाका उद्देश्य आर्थिक वृद्धि एवम् विकासका लाभको समतामूलक र न्यायोचित वितरण मार्फत समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु रहेको बताए ।

यस्तै मानव पुँजी निर्माण, गुणस्तरीय पूर्वाधारको विकास एवम् उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध प्रदेशकोआधारशिला निर्माण गर्नु तथा गुणस्तरीय सार्वजनिक सेवा प्रवाहमा प्रदेशवासीको सहज पहुँच र सुशासनअभिवृद्धि गर्नु समेत योजनाका उद्देश्य रहेका छन्  ।

संघीयता कार्यान्वयनको हालसम्म प्राप्त महत्वपूर्ण उपलब्धि र अनुभव समेतका आधारमा संविधान निर्दिष्टएकल तथा साझा अधिकारका विषयलाई कार्यान्वयन गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रियआकांक्षा पुरा गर्न गण्डकी प्रदेश सरकार अग्रसर रहेको मुख्यमन्त्री अधिकारीको भनाई छ ।

समाजवाद उन्मुख स्वतन्त्र, आत्मनिर्भर र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्यलाई सार्थकताप्रदान गर्न “समृद्ध प्रदेशः सुखी प्रदेशवासी“ लाई मूल उद्घोष मान्दै दोस्रो पञ्चवर्षीय योजनाको सोच तयगरिएको अधिकारीले खुलाए ।

उक्त प्रादेशिक सोच हासिल गर्न उत्पादकत्व वृद्धि मर्यादित जीवन र सामाजिक न्याय सहितको सुशासनयुक्तसमुन्नत प्रदेश निर्माण गर्ने लक्ष्य निर्धारण गरिएको छ । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न अभिप्रेरित रहीगरिबी न्यूनीकरण, आर्थिक असमानताको न्यूनीकरण, सामाजिक समानता र स्थानीय आर्थिक विकासमा जोडदिँदै उल्लेखित लक्ष्य प्राप्तिका लागि प्रादेशिक उद्देश्य सहितका समष्टिगत रणनीति र प्रादेशिक विकास तथारूपान्तरणका प्राथमिक क्षेत्रहरू पहिचान गरिएको छ ।

प्रदेश विकासका समष्टिगत रणनीतिहरूमा उत्पादन तथा उत्पादकत्व र दिगो आर्थिक वृद्धि गर्ने, मानव पुँजीनिर्माण तथा न्यायपूर्ण समाजको स्थापना गर्ने, दिगो तथा उत्थानशील पूर्वाधार विकास तथा अन्तर आबद्धताअभिवृद्धि गर्ने, हरित,कार्बन तटस्थ तथा जलवायु अनुकूलनका कार्य र स्वच्छता अभिवृद्धि गर्ने रहेको छ ।

यसैगरी विकास प्रक्रिया तथा नतिजामा लैङ्गिक समानता तथा समावेशिता कायम गर्ने,नवीन ज्ञान तथाप्रविधिको अभ्यास र प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्ने, स्रोत परिचालन, सुशासन, अन्तरसम्बन्ध र साझेदारीलाईसबलीकरण तथा सुदृढीकरण गर्ने र प्रदेश नीति, योजना तथा विकास नतिजालाई अध्ययन, अनुसन्धान तथाप्रमाणमा आधारित बनाउने समेत प्रदेश विकासका समष्टिगत रणनीति हुन् ।

योजनाको सोच, लक्ष्य, उद्देश्य तथा रणनीतिहरूलाई मूर्तता प्रदान गर्न गण्डकी प्रदेशले आगामी पाँच वर्षकोलागि प्रादेशिक विकास तथा रूपान्तरणका प्राथमिक क्षेत्रहरू तय गरेको छ ।

तय भएका प्राथमिक क्षेत्रमा सुदृढ प्रादेशिक अर्थतन्त्रको निर्माण, प्रभावकारी आर्थिक नीति तथा स्रोतव्यवस्थापन, व्यावसायिक कृषि तथा आत्मनिर्भरता, दिगो वन व्यवस्थापन, जैविक विविधता तथा जलाधारसंरक्षण, बजारमुखी औद्योगीक उत्पादन एवम् दिगो पर्यटन, सर्वसुलभ स्वास्थ्य तथा जनसाङ्ख्यिक लाभ, शिक्षित, सुसंस्कृत तथा सिपयुक्त मानव पुँजी निर्माण रहेको छ ।

मर्यादित श्रम, गरिबी न्यूनिकरण तथा सामाजिक संरक्षण, दिगो तथा उत्थानशील पूर्वाधार निर्माण,स्वच्छ ऊर्जा, जलस्रोत तथा खानेपानी व्यवस्थापन, सन्तुलित वातावरण र जलवायु तथा विपद् उत्थानशीलता, लैङ्गिकसमानता तथा सामाजिक समावेशीकरण, सुदृढ शासन, सेवा प्रवाह र तहगत सम्बन्ध र सुसूचित नीति, योजनातथा विकास व्यवस्थापन प्रादेशिक विकास तथा रूपान्तरणका प्राथमिक क्षेत्रहरू हुन् ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.श्रीकान्त शर्मा खतिवडाले शिक्षा, स्वास्थ्य, लैंगिक समानता, सामाजिक समावेशीताको क्षेत्रमा केही परिमार्जन गरिएको बताउनुभयो । यस्तै नमिलेका ठाउँ पहिल्याएरआधारपत्र परिमार्जन गरिएको डा. खतिवडाको भनाई थियो ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…