२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवमा बिनोद बहादुर कुँवर नियुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘निजी सचिव’मा सहसचिव बिनोद बहादुर कुँवर नियुक्त भएकाछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत सहसचिव कुँवरले आइतबार(भोली) देखि निजी सचिवकोजिम्मेवारी सम्हाल्ने प्रशासन सिंहदरवार विशेष स्रोतले जानकारी दिएको छ । 

यस अघिसमेत प्रधानमन्त्री ओलीको प्रशासन महाशाखा प्रमुख रही सकेका कुँवर लामो समय प्रदेश बसाई पनिकेही समयअघि मात्रै स्वास्थ्य मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा आएका थिए ।

को हुन् कुँवर 
सहसचिव कुँवर इमान्दार छविका काम गर्ने कर्मचारीका रूपमा चिनिन्छन् । स्वास्थ्य मन्त्रालय आउनु अघिगण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, लोक सेवा र मुख्यमन्त्री कार्यालय गरी करिब तीन वर्ष प्रदेशसचिव बसेका कुँवर त्यसअघि आन्तरिक राजश्व विभागको महानिर्देशक १४ महिना बसे । त्यसअघि दुई पटकगरी करिब तीन वर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिताएका कुँवर सहसचिव भएपछि दुई वर्षसंघीय लोक सेवा आयोगमा काम गरेका थिए । 

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…