२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

नौमती बाजासहित मौलिक देउसी-भैलो खेल्दै माता सरस्वती नौमती बाजा समूह

पोखरा भ्यूज

पोखरा । पोखरा–७, घारीपाटनस्थित माता सरस्वती नौमती बाजा समूहले देउसी–भैलो खेलेको छ । पोखरा महानगरपालिका–७ नम्बर वडाको आर्थिक सहयोगमा गत पुष महिनामा नौमती बाजा बजाउन तालिम लिएको समूहले तिहार पर्वका अवसरमा देउसी–भैलो खेलेको बताएको हो ।

गत बर्ष पुष ७ देख़ि माघ १५ गतेसम्म बाजा बजाउन तालिम लिएपछि माता सरस्वती नौमती बाजा समूहको नामाकरण गरिएको समूहमा ११ जना पुरुष र ५ जना महिला आवद्व रहेको समूहका अध्यक्ष लक्ष्मी परियारले जानकारी गराईन् ।

भर्खर भर्खर मात्र सिकेका छौ, आफुमा निखारता ल्याउन पनि सहज हुने र बढ्दो आधुनिकतासँगै मौलिकता हराउँदै गएको समयमा मौलिक देउसी-भैलोलाई निरन्तरता दिन बाजा समूहले प्रयास गरेको अध्यक्ष परियारको भनाई थियो ।

गत बैसाखदेख़ि व्यवसायिक रूपमा बाजा बजाउन सुरु गरेका छौं । वैशाख महिनामा ब्रतबन्ध र बिवाह गरी ४ ठाउँमा बाजा बजाएको थियो भने त्यसपछि नवदुर्गाको कालरात्रीमा र श्री घारीपाटन जनजागृति बाबा–आमासमूहको देउसी–भैलो गरी हालसम्म ६ पटकसम्म व्यवसायिक रूपमा बाजा बजाईएको अध्यक्ष परियारले बताईन् । समूहले बिवाह ब्रतबन्धलगाएत कुनै पनि कार्यको लागि एकदिनको लागि ३५ देख़ि ४० हजारसम्म ज्याला लिने गरेको छ भने त्यस मध्येबाट १२ सय रूपैयाँ कोषमा राख्ने गरेको परियारले बताईन् । उनी भन्छिन् हामीमा आत्मविश्वास बढ़ेको छ की बर्षौदेख़ि बजाउदै आएकासँग प्रतिस्पर्धा गर्न हामीलाई कुनै हिच्किचाहत छैन ।

समूहले मौलिक भाका र बाजाको तालमा देउसीभैलो खेल्दै ‘भैलेनी आइन् आँगन, बडालीकुडाली राखन, आहैँ औँसीको बार गाईतिहार भैली जस्ता पुराना मौलिक गीतगाएर पुरानो संस्कृति स्मरण गराएका थिए । समूहका सदस्य राजेन्द्र परियार भन्छन्, ‘यी गीत गाएर देउसी-भैलोखेल्दा पूरानै दिनको सम्झना आएको बताए ।

नौमती बाजासहित पहिलो पटक कसैले गीत गाउँने, कोईले भट्याउने, कोही नाच्ने गर्दा देउसी-भैलोले छुट्टै आनन्द आएको अर्का सदस्य अनिस परियार बताउँछन्।

Read more

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…