२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
पर्यटन

भ्रमण बर्ष घोषणा तयारीमा पोखरा महानगर

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फाल्गुन पहिलो साता हुने भएको छ ।

पर्यटन राजधानी पोखरामा करिब २० लाख स्वदेशी तथा विदेशी पर्यटकहरू भित्राउने लक्ष्यका साथ शुभारम्भ गर्न लागिएको पोखरा भ्रमण वर्षको औपचारिक घोषणा समारोह फाल्गुन ३ गते शनिवार पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा गर्न लागिएको हो ।

घोषणा समारोहको तयारीका लागि नगर प्रमुख आचार्यको संयोजकत्वमा १ हजार ५० सदस्यीय मुलआयोजक समिति, आचार्य कै नेतृत्वमा एक निर्देशक समिति र पर्यटन क्षेत्रको प्रतिनिधित्वमा कार्यसम्पादन समिति सहित ४३ वटा उपसमितिहरू गठन गरिएका छन् । यी समिति तथा उपसमितिहरूमा पोखरा महानगर क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिहरू, चार वटै सुरक्षा निकाय, उद्योगी व्यवसायी, सूचना तथा सञ्चार क्षेत्र, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय टोल विकास संस्थाहरू, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरू लगायतको प्रतिनिधित्व रहेको छ ।

भ्रमण वर्षका अवसरमा विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतहरू समेत घोषणा गर्ने तयारी गरिएको छ । वर्ष भरी पोखराको पर्यटन प्रवर्द्धनात्मक गतिविधिहरू सञ्चालन गरिने छन् । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त पहलमा महानगरका ३३ वटै वडाहरूबाट स्थानीय भेषभुषा सहित वृहद झाँकी र्‍याली निकालिने छ ।

पोखरा भ्रमण वर्षको औपचारिक घोषणा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नुहुनेछ ।

Read more

फ्लाई दुबईबाट सिधै पोखरा ओर्लिए विदेशी टिकटकर्स, स्वागतले भए दंग

पोखराको पर्यटन विश्वभर चिनाउन सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपालमा, विदेशी पाहुनालाई पोखरा विमानस्थलमै भव्य स्वागत पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पाहुनाको आगमनसँगै पर्यटन प्रवर्द्धनको नयाँ उत्साह…

६६ वर्षपछि आफ्नै गाउँमा धवलागिरि दिवस : मुदीबाट विश्वलाई हिमालको सन्देश

टंकराज अधिकारी । धवलागिरि हिमाल मा मानव पाइला परेको ६६ वर्षपछि पहिलोपटक यसको आरोहण दिवस हिमालकै काखमा मनाइएको छ। वर्षौंदेखि पोखरा र काठमाडौंमा सीमित रहने कार्यक्रम यसपटक धवलागिरि…

फेवा महोत्सवमा पर्यटक दौड

पोखरा, ३० चैत । पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन्…

आन्तरिक पर्यटन प्रवर्द्धनमा ‘जाउँ है पोखरा’ अभियान सम्पन्न, कनेक्टिभिटी विस्तारमा जोड

पोखरा, १४ चैत — आन्तरिक पर्यटन प्रवर्द्धन, पर्यटक आदानप्रदान र यातायात कनेक्टिभिटी सुदृढ गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘जाउँ है पोखरा’ अभियान शुक्रबार मकवानपुरको हेटौंडामा समापन गरिएको छ। चैत…

पोखरा भ्रमणको विशेष निम्तोसहित पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियान सक्रिय

नेपालको औद्योगिक केन्द्र विराटनगर का बासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको विशेष निम्ता दिँदै ‘जाउँ है पोखरा’ अभियान पूर्वी नेपालमा सक्रिय बनेको छ। करिब २५ वर्षदेखि निरन्तर सञ्चालन हुँदै…

घान्द्रुक पर्यटन महोत्सवको पूर्वसन्ध्यामा पोखरामा च्यारिटी डिनर, ९ लाखभन्दा बढी आर्थिक संकलन

पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ स्थित घान्द्रुकमा आगामी फागुन ६ देखि ९ गतेसम्म आयोजना हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम सम्पन्न भएको छ। घान्द्रुक पर्यटन…