२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
पर्यटनफिचर समाचार

पर्यटकको मन जित्दै फुङफुङ्गे होमस्टे

फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध फुङफुङ्गे झरनामा आउने पर्यटक लक्षित गरेर मिक्वाखोला गाउँपालिका–४ साँबाको तेम्बामा एक वर्ष अघिदेखि सञ्चालनमा आएको होमस्टे (घरबास) अहिले आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न थालेको छ । कोभिड–१९ को महामारीबीच सञ्चालनमा आएको होमस्टेले विस्तारै पर्यटकको मन जित्न थालेको हो ।

गाउँ घरमै उत्पादन गरेको खाद्य वस्तुले बजार पाउने भएकाले राम्रो आम्दानीसमेत हुन थालेको होमस्टे (घरबास) सञ्चालकको भनाइ छ । विस्तारै पाहुना आउन थालेपछि आम्दानी पनि शुरु भएको छ ।

फुङफुङ्गे सामुदायिक होमस्टे सञ्चालक समितिका अध्यक्ष विजय लिम्बूले पछिल्लो समय शुरु भएको आन्तरिक पर्यटकको चहलपहलले सञ्चालकमा आशा र उत्साह जगाएको बताउनुभयो । कोभिडको महामारीले सबै क्षेत्र ठप्प बनाएपछि होमस्टे सञ्चालनको कुनै अनुभूत गर्न नपाएपनि अहिले घरघरमा पाहुना राख्न पाउँदा र सेवा दिन पाउँदा सञ्चालकको मुहारमा विस्तारै खुशी छाउँदै गएको लिम्बूले बताउनुभयो ।

जिल्लाकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्य फुङफुङ्गे झरनाको भ्रमण तथा अवलोकन गर्न सयौं पर्यटक त्यहाँ पुग्न थालेका छन् । ताप्लेजुङसहित पाँचथर, तेह्रथुमलगायत पूर्वका जिल्लाबाट आन्तरिक पर्यटक झरनाको भ्रमणमा पुग्ने गरेका छन् । तेम्बा बस्ती नजिक रहेको फुङफुङ्गे झरनाको भ्रमण तथा अवलोकनमा जाने पर्यटकले नै होमस्टे भरिभराउ हुने गरेको सञ्चालक बताउँछन् । करिब डेढ दर्जन घरमा होमस्टे सेवा गरिएको कुनै दिन सबै घरमा पाहुनाको बास हुने गरेको सञ्चालक सन्तोष लिम्बूले जानकारी दिनुभयो ।

लिम्बू समुदायको मौलिक कला र संस्कृति प्रदर्शनले होमस्टेमा आउने पाहुनाको मन जित्दै आएको छ भने गाउँ नै ढाकेको अलैँची खेतीसमेत अवलोकन गर्नमा पाहुनाहरु व्यस्त हुने गरेका छन् । अर्का सञ्चालक सन्तकुमार लिम्बूका अनुसार होमस्टे सेवा लिन आउने सेवाग्राहीअर्थात् पाहुनालाई लिम्बूको मौलिक संस्कृति याःलाङ (धान नाच), केःलाङ (च्याब्रुङ नाच), येःबालाङ (बिजुवा नाच) जस्ता प्रस्तुतिहरु देखाउने गरिएको छ । होमस्टेलाई व्यावसायिक रुपमा भन्दा पनि सेवामुखी बनाइएको सञ्चालक समिति अध्यक्ष लिम्बूको भनाइ छ ।

सरकारले फुङफुङ्गे झरनालाई पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गरेपछि साथै झरनासम्म नै सडकको पहुँच पुगेपछि पर्यटकको उपस्थिति बाक्लिँदै गएको हो । सदरमुकाम फङ्लिङदेखि सवारी साधनमार्फत मेरिङ्देन गाउँपालिकाको दोभान बजार, सान्थाक्रा, थुकिमा हुँदै करिब साढे तीन घण्टामा झरना पुगिन्छ । जिप, ट्याक्सी, मोटरसाइकलजस्ता सवारी साधनमार्फत फुङफुङ्गे झरना पुग्न सकिन्छ ।

Read more

फ्लाई दुबईबाट सिधै पोखरा ओर्लिए विदेशी टिकटकर्स, स्वागतले भए दंग

पोखराको पर्यटन विश्वभर चिनाउन सात देशका ट्राभल कन्टेन्ट क्रिएटर नेपालमा, विदेशी पाहुनालाई पोखरा विमानस्थलमै भव्य स्वागत पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पाहुनाको आगमनसँगै पर्यटन प्रवर्द्धनको नयाँ उत्साह…

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…

६६ वर्षपछि आफ्नै गाउँमा धवलागिरि दिवस : मुदीबाट विश्वलाई हिमालको सन्देश

टंकराज अधिकारी । धवलागिरि हिमाल मा मानव पाइला परेको ६६ वर्षपछि पहिलोपटक यसको आरोहण दिवस हिमालकै काखमा मनाइएको छ। वर्षौंदेखि पोखरा र काठमाडौंमा सीमित रहने कार्यक्रम यसपटक धवलागिरि…

फेवा महोत्सवमा पर्यटक दौड

पोखरा, ३० चैत । पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन्…

आन्तरिक पर्यटन प्रवर्द्धनमा ‘जाउँ है पोखरा’ अभियान सम्पन्न, कनेक्टिभिटी विस्तारमा जोड

पोखरा, १४ चैत — आन्तरिक पर्यटन प्रवर्द्धन, पर्यटक आदानप्रदान र यातायात कनेक्टिभिटी सुदृढ गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘जाउँ है पोखरा’ अभियान शुक्रबार मकवानपुरको हेटौंडामा समापन गरिएको छ। चैत…

पोखरा भ्रमणको विशेष निम्तोसहित पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियान सक्रिय

नेपालको औद्योगिक केन्द्र विराटनगर का बासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको विशेष निम्ता दिँदै ‘जाउँ है पोखरा’ अभियान पूर्वी नेपालमा सक्रिय बनेको छ। करिब २५ वर्षदेखि निरन्तर सञ्चालन हुँदै…