6Shares

पोखरा भ्यूज
पोखरा, २१ साउन । लायन्स क्लब अफ पोखरा लेकसाइड र लायन्स क्लब अफ पोखरा गार्डेनको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा ६५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको छ ।
शनिबार बृद्धाश्रममा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ एम का चिफ डिष्ट्रिक्ट एडभाइजर धनीराम बराल, लायन्स क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, कार्यक्रम संयोजक जयराम तिमल्सिना, लायन्स क्लब अफ पोखरा गार्डेनका अध्यक्ष राम कंडेलले संयुक्त रुपमा बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगललाई खाद्यान्न हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि धनीराम बरालले विश्वका विभिन्न २१४ राष्ट्रमा फैलिएको लायन्सका माध्यमबाट सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण काम भैरहेको बताए ।
लायन्स क्लबमा आवद्ध सदस्यहरू धनका मात्र नभै मनका धनी रहेको उल्लेख गर्दै उनले लायन्सका माध्यमबाट गरिने कुनैपनि सहयोग आवश्यकताका आधारमा लक्षित बर्गमा पुग्नुपर्नेमा जोड दिए ।
लायन्स क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष कृष्णकुमार श्रेष्ठले ज्येष्ठ नागरिक आश्रमहरूको दीर्घकालीन सञ्चालनमा राज्यको ध्यान पुग्नुपर्नेमा जोड दिए । राधाकृष्ण बृद्धाश्रममा ज्येष्ठ नागरिकहरूलाई सम्मानपूर्वक सुखी र खुसी भएर बसेको पाइएको बताउँदै उनले संघ संस्थाका तर्फबाट गरिने सहयोगले यस्ता संस्थामा ठूलो राहत पुग्ने धारणा राखेका थिए ।
कार्यक्रम संयोजक जयराम तिमल्सिनाले यो सांकेतिक सहयोग भएको बताउँदै आगामी दिनमा पनि यस किसिमका सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
राधाकृष्ण बृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले लायन्स क्लबका तर्फबाट बृद्धाश्रमको सञ्चालनमा महत्वपूर्ण सहयोग पुगेको बताउँदै बृद्धाश्रममा प्राप्त कुल सहयोगको ६० देखि ६५ प्रतिशतसम्म लायन्सबाट सहयोग प्राप्त भएको जानकारी दिए ।
लायन्स क्लब अफ पोखरा लेकसाइडका प्रथम उपाध्यक्ष कीर्तिबल्लभ त्रिपाठी, सचिव भीम आचार्य लगायतले बृद्धाश्रममा गरिने साना साना सहयोगले यहाँको सञ्चालनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

6Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected