
पोखरा भ्यूज
पोखरा । पोखरा भ्यूजका सम्पादक हरिप्रसाद भट्टराईलाई नेपाल प्रेस युनियन कास्कीले सम्मान गरेको छ । प्रेस युनियन कास्कीका सदस्य समेत रहेका भट्टराईले रचना गरेको नेपाल विज्ञान तथा प्रविधि ‘नाष्ट’को नाष्ट गानका लागि सर्वोत्कृष्ट भई पुरस्कृत भएकोमा युनियन कास्कीले उनलाई सम्मान गरेको हो ।
नेपाल प्रेस युनियन कास्कीले सोमवार पोखरामा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले सम्मान गरेका थिए ।
सम्पादक भट्टराईले सर्वोकृष्ट नाष्ट गान लेखेवापत रु. ५० हजार नगद पुरस्कार पाएका थिए ।
उनी पत्रकारिता र कानून व्यवसायमा समेत क्रियाशील छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले एक सूचना मार्फत् नाष्टको काम कर्तव्य, भूमिका, विज्ञान प्रविधि एवं नव–प्रवर्तन सम्बन्धी र त्यसमार्फत् देशको समृद्धिबारे पूर्णभाव प्रष्टफुटन हुने गरी नास्ट गान तयार पार्न इच्छुक सर्जकहरूलाई आव्हान गरेको थियो । नास्ट गान लेखनमा देशभरका दर्जनौ स्रष्टाहरुले सहभागिता जनाएका थिए ।
पोखरेली प्रतिभा भट्टराईद्वारा रचित नाष्ट गान वरिष्ठ संगीतज्ञ न्हू बज्राचार्यले संगीत दिएका छन् भने उनी समेतका कलाकारले स्वर दिएका छन् । नास्टले हालै सम्पन्न गरेको नवौं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नास्ट गान ‘लञ्च’ गरेका थिए । यद्यपि नास्टले उक्त गीत आम श्रोताको सहज पहुँचमा राखेको छैन ।






सम्बन्धित खवर
















