25Shares

पोखरा, २३ भदौ । भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले आफ्नो पाँच दिने नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न गरेका छन  पाण्डेले नेपाली सेनाको निमन्त्रणामा नेपालको भ्रमण गरेका हुन

पाण्डेले बुधवार पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको भ्रमणसँगै भारतीय सेनाका भूतपूर्व सैनिकलाई सम्बोधन गरेका थिए सो अवसरमा सेनाध्यक्ष पाण्डेले वीरता अवार्डका विजेतालाई सम्मान समेत गरेका थिए जनरल पाण्डेकी धर्मपत्नी अर्चना पाण्डेले पनि सो कार्यक्रममा उपस्थित वीर नारीलाई सम्मान गरेकी थिईन

पाण्डेले पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा आयोजित समारोहलाई सम्बोधन गर्दै भूतपूर्वसैनिकले दुई देशबीचको वर्षौदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । पाण्डेले भारतीय सेनाका भूतपूर्व नेपाली सैनिक दुई देश बीचको सम्बन्धको आधारस्तम्भका रुपमा रहेको बताउदै गोर्खा सैनिकको वीरता, साहस समर्पणको मुक्तकण्ठले प्रशंसा गरेका थिए

सोही दिन बिहान उनले नेपाली सेनाको पोखरामा अवस्थित मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गरी त्यहाँ रहेका कर्मचारीसँग अन्तरक्रिया गरेका थिए

सेनाध्यक्ष पाण्डेले भूतपूर्व सैनिक योगदान स्वास्थ्य योजना (ईसीएचएस) अन्तर्गतका पोलिक्लिनिकलाई तीनवटा एम्बुलेन्स (मोबाइल मेडिकल युनिट) हस्तान्तरण गरेका थिए एम्बुलेन्सले नेपालमा रहेका तीन लाखभन्दा बढी भारतीय सेनाका भूतपूर्व सैनिक उनीहरुका परिवारलाई सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्नसहयोग पुर्याउनुका साथै दुर्गम क्षेत्रका बासिन्दाका लागि विशेष उपयोगी हुने विश्वास

जनरल पाण्डेलाई गत सोमबार नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गरेकी थिईन नेपाली समकक्षी जनरल प्रभुराम शर्मा लगायत जनरल पाण्डेले राष्ट्रपति बिध्यादेवी भण्डारी  प्रधानमन्त्री एवम् रक्षा मन्त्री शेर बहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए नेपाल बसाईका दौरान उनले नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी त्यहाँका विद्यार्थी तथा कर्मचारीलाई सम्बोधन गरेका थिए

दुई देशबीचको द्विपक्षीय सहकार्य अनुरुप, जनरल पाण्डेले नेपाली सेनालाई साइमुलेटर हलुका सवारी साधनलगायतका तालिम उपकरण प्रदान गरेका छन

25Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected