२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

ने.का. गण्डकी प्रदेशको कार्यसम्पादनको वैठकमा विविध निणर्य

पोखरा, ३० असोज । नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादन समितिको वैठक आज विविध निणर्य सहित सम्पन्न भएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालयमा भएको उक्त वैठकमा आसन्न मंसीर ४ गते हुन गइरहेको निर्वाचन लक्षित रणनीतिका साथै अन्य योजना सहित वैठकमा छलफल भएको थियो ।

उक्त वैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरु निर्वाचनमा सहभागी गठबन्धन दलका उमेद्वारहरुलाई विजयी गराउनको लागि प्रदेश कार्य समितिले सम्बन्धित जिल्ला, क्षेत्र र प्रदेश कार्य समितिलाई प्रभावकारी रुपमा परिचालन गर्न गण्डकी प्रदेशका तर्फबाट तयार गरेको घोषणा पत्र “गण्डकी प्रदेशको संकल्प” लाई ११ वटै जिल्लामा पठाउने निणर्य गरिएको नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु) ले जानकारी गराए ।

गण्डकी प्रदेश भित्रका जिल्लाहरुमा प्रदेशको तर्फबाट आवश्यक समन्वय र परिचालन गर्न प्रदेश सभापति लगायतले जिल्ला-जिल्लामा भ्रमण गर्ने र निर्वाचन अवधीभर प्रदेश सचिवालयलाई चुस्त, दुरुस्त र निर्वाचन सम्पर्क समन्वय गर्न प्रवक्ताको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी मुख्य सचिव प्रकाश बराल प्रदेश सभा सदस्यको उमेद्वार भएको हुदाँ अर्को व्यवस्था नभए सम्मका लागि फलेवास नगरपालिका -१, पर्वतका पदम श्रेष्ठलाई मुख्य सचिवमा नियुक्त गर्ने निणर्य गरेको प्रवक्ता बास्तोलाले बताए ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निणर्य अनुसार यही असोज ३१ गते भित्र विद्रोही उमेद्वारलाई आफ्नो उमेद्वारी निस्कृय बनाउन नेपाली कांग्रेस गण्डकी प्रदेशले पहल गर्ने बताइएको छ ।

उक्त बैठकबाट पर्वत जिल्ला निवासी नेपाली कांग्रेसका नेता तथा प्रजातन्त्र सेनानी कृष्ण बहादुर जोशीको असोज २९ गते ९४ वर्षको उमेरमा भएको असामयिक निधन र नेपालका संस्कृत विद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको असोज ३० गते १०३ वर्षको उमेरमा भएको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना व्यक्त गर्नुका साथै, शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

यसैविच नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालयमा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको संयोजकत्वमा ५ दलिय गठबन्धनको बैठक बसेको छ ।

उक्त वैठकले गठबन्धनको विरुद्धमा विभिन्न जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा मनोनयन गरेका पार्टीका उमेदवारहरुलाई उमेद्वार निस्क्रिय पार्न आ-आफ्नो दलका विद्रोही उमेद्वारलाई वक्तव्य निकाल्न आवश्यक पहल गर्ने, यही कार्तिक ४ गते गण्डकी प्रदेशमा हुने केन्द्रीय गठबन्धनको भेलालाई व्यवस्थित बनाउने बारेमा छलफल भएको थियो । साथै, प्रदेश स्तरीय निर्वाचन परिचालन समितिमा प्रत्येक दलका पार्टी प्रमुख सहित २/२ जना रहने गरी गठन गर्ने निणर्य गरेको बताइएको छ ।

Read more

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…