114Shares

पोखरा भ्यूज
पोखरा । मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनमा कास्की २ मा गठबन्धनको तर्फबाट प्रत्यासी बनेका उमेद्वारहरुले शनिबार पोखरा १६ मा सम्पर्क कार्यालय स्थापना गरेका छन् ।

कास्की २ का प्रत्यासी उमेद्वार श्रीनाथ बराल, प्रदेश सभा ख का प्रत्यासी विन्दुकुमार थापा, संघीय संसदतर्फका समानुपातिक उमेद्वार वृन्दा राना, दिलु पन्त, प्रदेश सभातर्फका समानुपातिक उमेद्वार लक्ष्मी पाण्डे समेतले संयुक्त रुपमा पोखरा १६ स्थित मैदानमा सम्पर्क कार्यालय स्थापना गरेका हुन् ।

सम्पर्क कार्यालय स्थापनापछि सभालाई सम्बोधन गर्दै कास्की २ का प्रत्यासी उमेद्वार एवै नेकपा एस का नेता श्रीनाथ बरालले आफू गठबन्धमा रहेका दल नेपाली काँग्रेस, एकीकृत माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा समेतका दलहरुको साझा उमेद्वार भएको बताए । उनले लोकतन्त्र र संविधानको संरक्षण्का निम्ति गठबन्धनले जित्नुपर्ने धारणा राखे ।

कार्यक्रममा कास्की २ ख का प्रत्यासी एवं गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले पोखरा १६ मा चलेको विकासको लहरलाई निरन्रता दिन आफू पुनः उमेद्वार भएको बताए ।
नेपाली काँग्रेस पोखरा १६ का कार्यवाहक सभापति गणेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा समानुपातिक उमेद्वार लक्ष्मी पाण्डे, नेपाली काँग्रेस पोखरा १६ का सचिव बलराम आचार्य लगायतका नेताहरुले गठबन्धनका उमेद्वारलाई अधिक मत दिई विजय गराउन अपील गरेका थिए ।

निर्वाचन परिचालन समिति गठन भएन

पोखरा १६ मा गठबन्धन दलले प्रचार प्रसारका लागि शनिबार सम्पर्क कार्यालय स्थापना गरेपछि निर्वाचन परिचालन समिति गठन गरिएको छैन । ठूलो दल नेपाली काँग्रेसका नेताको नेतृत्वमा वडास्तरीय निर्वाचन परिचालन समिति गठन गर्ने तयार भए पनि संयोजकको जिम्मेवारी कसले पाउने हो भन्नेबारे केही कुरा यकिन नभएको एक स्थानीय नेताले बताए ।

यद्यपि वडा इकाइले त्यसको नेतृत्व लिनुपर्नेमा त्यसतर्फ ध्यान नपुगेको उनको भनाई छ । त्यसको त वडा इकाई सभापति रहेका अमृत शर्मा तिमिल्सिना पोखरा १६ को वडाध्यक्ष समेत हुन् । उनले निर्वाचन आचारसंहिताका कारण आफू निर्वाचनमा खटिन नसक्ने बताउँदै आएको उनी निकटहरुको भनाई छ ।

उपसभापति रहेका गणेश थापालाई कार्यवाहक सभापति भनिए पनि थापाले अहिलेसम्म लिखित रुपमा कार्यावाहकको जिम्मेवारी पाएका छैन । निर्वाचन परिचालन समिति गठनबारे वडास्तरमा नेताहरुबीच हालसम्म कुनै छलफल भएको छैन ।

मन्त्री खड्का आएनन्

कास्की २ ख मा प्रत्यक्षतर्फ आकाँक्षी रहेका गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्का शनिबार गठबन्धनका दलहरुको उक्त कार्यक्रममा सहभागी भएनन् ।

मन्त्री खड्का निर्वाचन आचारसंहिताका कारण कार्यक्रममा उपस्थित हुन असमर्थ भएको नेतृ लक्ष्मी पाण्डेले बताइन् । ‘हाम्रो मानीय मन्त्री कुमार खड्का ज्यू यो कार्यक्रममा किन उपस्थित हुनु भएन भन्ने धेरैलाई जिज्ञासा लागेको होला । तर कोही पनि भ्रममा नपर्नुहोला मन्त्रीज्यू निर्वाचन आचरसंहिताले रोकिनु भएको हो,’ उनले भनिन् । यद्यपि दलको कार्यक्रममा सभागी हुन चाहेमा निर्वाचन आयोगसँग अनुमति लिएर जनप्रतिनिधि प्रचार कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था छ ।

केही समयअघि आफ्ना समर्थकको भेला गरेर मुख्यमन्त्रीको दावासहित कास्की २ ख मा टिकटको दावी गरेका खड्काले टिकट नपाएपछि उनको भूमिकाबारे संसय व्यक्त गरिएको छ । यद्यपि उनले गठबन्धका उमेद्वारलाई मत दिने अभिव्यक्ति दिएको विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको छ ।

त्यसो मन्त्री थापाले टिकट पाएपछि मन्त्री खड्कासँग कुनै सम्वाद नभएको राजनीतिक वृत्तमा चर्चा चुलिएको छ । यद्यपि मन्त्री थापाले आजै खड्कालाई घरमै पुगेर भेटघाट गरेको स्रोतले बतायो । तर भेटमा के के कुरामा छलफल भयो भन्नेबारे यो समाचार तयार पार्दासम्म केही खुलेको छैन ।

114Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected